सिरहामा तस्करी बढ्यो, लाखौंको सामान बरामद

0
Shares

महेश सिंह महतो,  सिरहा।
भारत बाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको सामान प्रहरीले बरामत गरेको छ । सिरहाको बर्यापटि भन्सारबाट खटिएको भन्सार टोलिले  ठुलो मुल्य बराबरको सामान बरामत गरेको छ ।

तस्करले प्रयोग गरेको साधन स .९ प.२७४३ नम्बरको  TVS को १२५ शिसीको स्टागर मोटरसाईकल र  सम्मान सहित प्रहरीले नियन्त्रणमा लिएको छ । तस्करले प्रहरीलाई हेर्दा सामान छोडेर फरार भएको प्रहरीले जनाएको छ ।

भन्सार र जन पथको घुमुवा टोलिले उक्त परिमाणको सामान बरामत गरेको हो । बरामत भएको सामान हरु ,चिनी १ बोरा , फुरुटि ६  बन्डल,लगायत सामानहरु भन्सार छ्लेर लाग्दै गरेको सामान बरामत गरेको हुन ।

बरामत भएको सामान भन्सारमा राखीएको  तस्करको  खोजीनिति तिब्र गतिमा  भैईरहेको  नेपाल प्रहरीको सई सुरेन्द्र झा र श्याम बहादुर पटेलले जनाए ।

एक लाख पाँच हजार छ सय  मुल्य बराबरको सामान बरामद भएको भन्सार सहायक चन्द्रकान्त झा ले  बताएका  छन । सिरहामा तस्करहरु बिगबिगि ह्वात्तै बडेकाे देखी छ ।