क्षतिपूर्ति दिने सहमतिपछि करेन्ट लागेर मृत्यु भएकी महिलाको शव उठ्यो

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।

क्षतिपूर्ति बापत २० लाख रुपैया, मृतकको माईली छोरीलाई रोजगारी र छोरा छोरीलाई अध्यनको व्यवस्था गर्न सम्बन्धित निकायमा सिफारीस गर्ने सहमति पछि नेपाल विद्युत प्राधिकरणको लार्पवाहिका कारण करेन्ट लागेर मृत्यु भएको दुर्गा बुढाथोकीको शव उठाउन मृतकका आफन्त सहमत भएका छन् ।

विजुलीको तारको लागि खेतमा गाडिएको काठको पोललाई सर्पोट दिन तानिएको तारमा करेन्ट प्रवाह हुदा बुधवार भीमेश्वर नगरपालिका वडा नम्बर ५ विरुवाको ४१ बर्षिय दुर्गा बुढाथोकीको घट्ना स्थलमै मृत्यु भएको थियो ।

दुर्गाको मृत्यु पछि उनको आफन्तले आवश्यक क्षतिपूर्तिको माग सहित आन्दोलन गरेका थिए ।

घट्ना लगतै नेपाल विद्युत प्राधिकरण दोलखाका इन्जिनियर उमेश श्रेष्ठ सहितको टोलिले स्थलगत अनुगमन गरी प्राधिकरणको लार्पवाहि भएको स्वीकार गरेका थिए । विहिवार भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, उपप्रमुख कमला वस्नेत, दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आले लगायतको टोलिले गरेको स्थलगत अनुगमनमा पनि विद्युत प्राधिकरणकै लार्पवाहिले घट्ना भएको निष्कर्ष निकालेको थियो ।

मृतकका आफन्तले विहिवार विहानै देखि उचित क्षतिपूर्तिको माग सहित यातायात अवरुद्ध गरी घट्ना स्थलबाट शव समेत नउठाई आन्दोलन गरेको थियो ।

विहिवार दिउँसो जिल्ला प्रशासन कार्यालय दोलखामा नगरप्रमुख भरतबहादुर केसी, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, उपप्रमुख कमला वस्नेत, जनपथ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राई, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक किरणकुमार कठाएत, नेपाल विद्युत प्राधिकरण दोलखाका इन्जिनियर उमेश श्रेष्ठ, मृतको श्रीमान, छोरीहरु र आफन्त समेतको सहभागितामा भएको वार्तामा नेपाल विद्युत प्राधिकरणको लार्पवाहिकै कारण दुर्गा बुढाथोकीको मृत्यु भएको निष्कर्ष सहित क्षतिपूर्ति बापत २० लाख नगद उपलब्ध गराउन सिफारीस गर्ने, मृतकको माईली छोरीलाई रोजगारीको व्यवस्था गर्ने, दुई छोरी र एक छोरालाई उच्च शिक्षासम्मको अध्यनको व्यवस्था गर्ने, मृतकको दहासंस्कारको लागि तत्काल ५० हजार रुपैया उपलब्ध गराउने सहमति भएको थियो ।

उक्त सहमति पछि मृतकको आफन्तले घट्ना स्थलबाट शव उठाई पोष्टमार्टमको लागि लान सहमति जनाएका थिए भने यातायात समेत सूचारु भएको थियो ।