प्रभावकारी बनेन न्यायीक समितिः बाहिर आएनन महिला हिंसाका घटना

0
Shares

ललित सिंह, चैनपुर, बझाङ ।

छोरा छोरीले आमा आमा भन्दै रुदै होलना दुधे बालकको झन कस्तो गति भएको होला आफुले यता छोरीलाई दिने दुध जमेर दुःखन थाले पछि हैरानी हुदा १० महिने छोरीको मुखको दुध धर्तिमातालाई दिनु परेको छ यो भनाई हो बुंगल नगरपालिका ७ की ३० बर्षिया जसमति बोहराको बोहरा अहिले महिला सेफ हाउसमा बस्न थालेकी छन ।

उनलाई उनका श्रीमानले प्रविन बोहराले समन्धबिच्छेदको माग राख्दै पटक पटक कुट पिट गने, शरीरमा दाँतले टोक्ने घर निकाला गने र ज्यान माने धमकी दिए पछि ईलाका प्रहरी कार्यालय बुंगल र नगरपालिकाको न्यायीक समितिमा उजुरी गरे पनि न्याय नपाउदा अहिले न्यायको माग राख्दै जिल्ला अदालत र प्रहरीमा उजुरी मुद्घा दायर गरेकी छन ।

उनको माग छ १० बर्षिया जेठो छोरा र माईलो छोरा ७ बर्षिया छोरा र १ छोरीलाई आफु संग राख्न पाउनु पने र सम्बन्धबिच्छेद नगरि अंस लिएर छुट्टै बस्नु पर्न माग छ ।

गोठमा गाई आम्मा गदै होला खेतमा लगाएको धान र कोदो बालि अरुको गाई भैसिले खायर पो सकेकी आफुले भने न्याय खोज्दै ७ दिन देखि महिला सेफ हाउसमा बस्न थालेको मष्टा गाउँपालिका १ की सुना देबी सिहंले बताए ।

उनले भने साथमा ९ महिने दुधे बालक बोकेकी छु । परिवाले कुटपिट गने र घर निकाला गरे पछि न्याय खोज्दै गाउँपालिकामा पुगे मेरो कुराको सुनुवाई नै भएन अहिले महिला सेफ हाउसमा बसेर प्रहरीमा धाउन थालेकी छु । न्याय पाईन्छकी भन्ने आस लागेको छ ।

बोहरा र सिहं जस्तै घर निकाला भएकी ९ जना महिला अहिले सेफहाउसमा बस्तै आएकी छन । उनीहरुलाई खान र बस्न संगै न्याय दिलाउन महिला अधिकार मंञ्चले पहल गरि रहेको अधिकार मंञ्चकी अध्यक्ष जयन्ती जोशीले बताए ।
उनले भने अहिले सम्म घरेलु हिसाका घटाना बाट पिडित भएकी ६०१ महिला सेफ हाउसमा तथ्याङ्ग छ । अधिकांस महिलालाइ गाउँपालिका र नगरपालिकाका उपप्रमुखको संयोजकमा न्याय समिति छ भन्ने थाहा नै रहेन छ । जसले गर्दा उनीहरु निकै दुख गरेर हामी सम्म आइपुग्ने गरेका छन ।

जिल्लाका १द्द स्थानिय तहहरु मध्य जिल्लाको सदरमुकाम समेत रहेको जय पृथ्बी नगरपालिकामा दुई बर्षको अबधिका ११ वटा बुंगल नगरपालिकामा ९ वटा छबिसपाथिभेरा गाउँपालिकामा १५ दुर्गाथलीमा २ केदारस्युमा १५ बिथ्डचिरमा १३ ,खप्तड छान्ना गाउँपालिकामा ९ , साईपालमा, मष्टा ,तलकोट र सुर्मामा मुद्घा नै र्दता भएका छैन भने सबै भन्दा बढि जिल्लाको थलारागाउँपालिकामा ८२ मुद्घा र्दता भएका छन ।

राज्यले गाउँपालिका र नगरपालिकाका उपप्रमुखलाई महिला हिंसा लगाएतका सामान्य खालका झगडा मिलाउने जिम्मेवारी दिएको भए पनि जिम्मेवारीको बोध नहुनु र सेवा भन्दा आर्थिक तिर बढि समय दिने भएकाले गाउँका सामान्य घटना पनि सदरमुकाम चैनपुरमा आउने गरेको छन तिन महिनामा आफुले महिला हिंसाका १८ वटा घटनाका मुद्घाहरु लेखेको वैतनिक वकील तथा अधिवतmा मोहन बहादुर दौल्यायले बताए ।

उनले भने अहिले जनप्रतिनिधि नै जनताप्र्रति जवाफ देहि छैन जस्तो छ । गाउँमा मिल्नु पने सामान्य घटना पनि प्रहरीमा पुगेका छन । महिलाका घटना बाहिर नआउनुको मुख्य कारण जनचेतना नै हो । उनीहरु पिडा सहेर नै बस्न बाध्य भएका हुन्छन ।अधिकांस घटना भनेका बालबिबाह, कुटपिट, गालीगालेज र बहुबिबाह संगै सम्बन्धबिछेदका रहेका छन ।

गाउँ टोल संगै महिलाहरुलाई एक ठाउँमा जम्मा गरेर सबै खाले महिला हिंसाको बारेमा जानकारी गराए पनि महिला हिंसाका घटना गाउँपालिकामा नआउनुको मुख्य कारण कानुनि उपचार खोजन नचाहेर हो जस्तो लागेको साईपाल गाउँपालिका उपाअध्यक्ष कलपना बोहराले बताए ।

उनले भने हाम्रो गाउँपालिकामा कानुनी उपचार भन्दा परिवारमा मिलेर बस्ने भएकाले अहिले सम्म कुनै पनि किसमको उजुरी आएको छैन ।
प्रहरीमा आएका उजुरीहरुका केसको प्रकृतिहेरेर काम हुने गरेको प्रहरी नायबउपरिक्ष सुर्य बहादुर केसिले बताए ।

न्यायीक समितिका पदाअधिकारीले प्रभावकारी काम गर्न नसक्दा महिला हिंसाका घटना बाहिर नआए पछि महिलाहरु पिडा सहेर बसन बाध्य भएका छन ।