पूर्णाङ्कमै पहुँच बनाउनेहरु


काठमाडौं, (नेस)
सिद्धार्थ वनस्थली इन्स्टिच्युट बालाजुका दुई विद्यार्थीले माध्यमिक शिक्षा परीक्षामा ४ जीपीए ल्याएका छन् । कक्षामा सधैं प्रथम हुने विद्यार्थी अभय आचार्य सिम्बोल नं ०९०१३०८ ‘आर’ र छात्रा आस्था शर्मा सिम्बोल नं. ०९०१३०६ ‘पी’ ले ४ जीपीए ल्याएको प्रिन्सिपल रुपक राजवंशीले जानकारी दिनुभएको छ ।

त्यसैगरी बालाजुकै ज्ञानमन्दिर सेकेन्डरी स्कुलका दीपेश अम्गाईं सिम्बोल नं. ०३१८०६० ‘बी’ ले जीपीए ४ ल्याएका छन् । कलंकीस्थित विज्डम इङ्लिस स्कुलकी छात्रा संरचना लोहनी सिम्बोल नंं. ०९०५३३९ ‘एस’ ले पनि यसपटकको एसईई परीक्षामा ४ जीपीए ल्याएकी छन् ।

यसैबीच एर्सइई परीक्षामा सम्मिलित विद्यार्थीमध्ये काभ्रेबाट क्षितिज बोर्डिङ स्कुल बनेपाकी छात्रा आरती ढुंगाना र सूर्याेदय मावि पनौतीका छात्र सुभेष धाजुले ४ जीपीए ल्याई उत्कृष्ट भएका छन् । त्यस्तै नेपाल प्रहरी स्कुल साँगाका प्रसिद्ध न्यौपानले पनि ४ जीपीए ल्याई उत्कृष्ट भएका छन् ।