मकवानपुरको एसईई परीक्षाफलमा त्रुटि


हेटौंडा ।
मकवानपुरको एसईई परीक्षाफलमा केही त्रुटि देखिएको छ । जिल्ला शिक्षा विकास समन्वय एकाईं मकवानपुरले ३४ विद्यालयबाट इन्भायरोन्मेन्ट साइन्स विषयको परीक्षा दिएका परीक्षार्थीको परीक्षाफल नदेखाइएको एकाईं प्रमुख लीलानाथ गौतमले बताउनुभयो ।
दुई सामुदायिकसहित ३६ विद्यालयबाट इन्भायरोन्मेन्ट साइन्स विषयको परीक्षा दिएका ५ सय ४५ परीक्षार्थीको परीक्षाफल नदेखाइएको एकाईं प्रमुख गौतमले बताउनुभयो ।

प्राप्तांक नदेखाइएपछि परीक्षा बोर्डमा सम्पर्क गरिएको र शुक्रबारसम्म के कारण यस्तो भएको भन्ने जानकारी आउने गौतमले बताउनुभयो । इन्भायरोन्मेन्ट साइन्सको कुल प्राप्तांक पहिले १ सय भए पनि हाल परीक्षा बोर्डले ७५ कायम गरेको तर शिक्षकलाई जानकारी नभएको हुनसक्ने अनुमान गरिएको गौतमको भनाइ छ ।

शिक्षकलाई जानकारी नहँुदा प्रयोगात्मक परीक्षाको नतिजा १ सय पूर्णांकलाई आधार मानेर पठाउँदा परीक्षाफलमा त्रुटि भएको हुनसक्ने गौतमले बताउनुभयो ।