‘तीन महीनामा ६ करोडको इन्धन खर्च’ भन्ने समाचार तथ्यहिनः एपीएफ


काठमाडौँ ।
सशस्त्र प्रहरी ऐनको मस्यौदा लगायत दुई वटा गाडीमा तीन महिनामा ६ करोड रुपैयाँको इन्धन खर्च भएको र फायल गृहमन्त्रालयले फिर्ता पठाएको भन्ने समाचार तथ्यहिन रहेको सशस्त्र प्रहरी बल(एपीएफ) ले जनाएको छ । एपीएफले इन्धनको कूल बजेट रकमबारे जानकारी नलिई खर्च भएको भनि समाचार प्रकाशित भएको कुरा पूर्णरुपमा झुट्टो तथा काल्पनिक भएको जनाएको हो ।

अहिले विभिन्न सञ्चार माध्यमहरुले काल्पनिक समाचारहरु प्रकाशित गरेकाले यस्ता समाचारले आम नागरिकमा भ्रम सृजना हुने हुँदा समाचार प्रकाशनपूर्व सशस्त्र प्रहरी बलका प्रवक्ता वा सूचना अधिकारीबाट समाचार पुष्टी गरि मात्र समाचार प्रकाशन गर्न सशस्त्र प्रहरी नायब महानिरीक्षक (प्रवक्ता) सुरज कुमार श्रेष्ठले आग्रह गरिएको छ ।

श्रेष्ठले संगठनको दरबन्दी थप गर्नको लागि एपीएफबाट अहिले कुनै पहल नै नभएकोसमेत स्पष्ट पार्नुभयो ।

कुनै पनि जानकारी नलिई नयाँ बन्ने ऐनमा अधिकार थप्न लागेको भन्दै समाचार प्रकाशित गर्दा मानिसहरुमा भ्रम सृजना हुने स्पष्ट पारिएको छ । साथै प्रवक्ता श्रेष्ठले विभिन्न संचार माध्यममा प्रकाशित भएका तथ्यहिन समाचारबाट भ्रममा नपर्नसमेत सम्पूर्ण मानिसलाई आग्रह गरिएको छ ।