संघिय प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिन सक्ने कानुन बनाऊः आईजीपी खनाल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । प्रहरी महानिरीक्षक ९आईजीपी० सर्वेन्द्र खनालले प्रदेश र संघीय प्रहरीको निर्देशन अनुसार अघि बढ्ने कानुनी व्यवस्था गर्न आवश्यक रहेको धारणा राखेका छन् ।

आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आईजीपी खनालले खुला सीमा भएका प्रदेशहरुमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर नै आफूले यस्तो धारणा सार्वजनिक गरेको समितिमा जानकारी गराएका हुन् ।

उनले भने–‘राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानुनी प्रावधान हुनुपर्छ ।’

प्रदेश प्रहरीले सम्बन्धित प्रदेशको आन्तरिक सुरक्षाको जिम्मा लिएपनि वीरगंज, भैरहवा, विराटनगरजस्ता नाकाहरुबाट आउन सक्ने राष्ट्रिय सुरक्षाको चुनौतिलाई सामना गर्न संघीय सरकारको सहकार्य र निर्देशन आवश्यक हुने भन्दै उनले समितिको ध्यानाकर्षण गराएका हुन् ।