एसईईमा आमा–छोरा एकैपटक पास, खुशीले गदगद बन्यो परिवार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

यस वर्ष सँगै एसईई दिएका आमा छोरा पास भएका छन् । लामो उमेर ग्याप भएका आमाछोरा पास भएका हुन् ।

आस्था महिला विद्यालय, गठाघरमा पढेकी आमाले २.३५ ग्रेड ल्याएर पास गरेकी छन् भने १६ वर्षीय उनका छोराले ३.७ जिपिए ल्याएका छन् ।

सानै देखि एस.ओ.एस हर्मन जिमाईनर विद्यालय सानोठिमी पढेका उनी पढाईमा निकै तेज थिए ।

आमा छोरा एकैपटक एसईईमा पास भएपछि परिवार नै हर्षित बनेको छ ।

परिक्षा नियन्त्रण कार्यालयले आज एसईईको नतिजा सार्वजनिक गरेको छ ।