बलत्कारका घटना बढ्दो, ४ वर्षमा ३ सय ४ जना बलात्कृत

0
Shares

सरोज यादव, विराटनगर ।
देशैभर महिला हिंसा, दुव्र्यवहार बलत्कारका हिंसा बढ्दो अवस्थामा रहेको छ । पछिल्लो ४ बर्षको अवधिमा मोरङमा पनि बलत्कारका घटना बढेको तथ्याङकले देखाएको छ ।

नेपालमा महिला हिंसा र बलत्कारका घटना बढ्दो अवस्थामा रहेको छ । पछिल्लो ४ बर्षको तथ्याङकलाई हेर्ने हो भने मोरङमा पनि बलत्कारको घटना बढेको पाइएको छ । मोरङ जिल्लामा आर्थिक बर्ष २०७२/०७३ मा ५६, २०७३/०७४ मा ६६, २०७४÷०७५ मा ८० र यो आर्थिक बर्षको अहिलेसम्म १ सय वटा बलत्कारका मुद्दा जिल्ला प्रहरी कार्यालय मोरङमा दर्ता भएका छन् ।

४ बर्षको तथ्याङकलाई तुलनात्मक रुपमा हेर्ने हो भने बालिकाहरु सबैभन्दा बढी पीडित भएको मोरङ प्रहरीका प्रहरी उपरीक्षक विश्व अधिकारीको भनाई छ ।
४ वर्षको अवधिमा २ सय १ जना बालिका र १ सय ३ जना महिलाहरु बलत्कारको शिकार भएको तथ्याँकले देखाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले बताउनुभयो ।

प्रहरीले दिएको जानकारी अनुसार परिवारबाट ५, नातेदारबाट ६, चिने जानेकाबाट ४८ र अपरिचितबाट बलात्कृत ४१ प्रतिशत रहेका छन ।

बलात्कार हुनेको शैक्षिक अवस्था हेर्न हो भने साधारण लेखपढ गर्ने ७४ जना,एसएलसी पास ६, अनपढ १५, र १२ पास भएका ५ जना रहेको तथ्याङकले देखाएको छ ।

चेतनाको स्तर कम भएकाहरु बढी बलत्कारको शिकार भएको पाइएको छ । यो बर्ष मोरङ प्रहरीमा जर्वजस्ती करणीमा मात्र ९७ वटा मुद्दा दर्ता भएकोमा ९३ जनालाई समातेर कानुनी दायरामा ल्याएको छ भने १४ जना फरार रहेका जनाएका छ ।

उमेर नपुगेका ७ जना यौन हिंसामा संलग्न रहेको, ४६ जना पीडकलाई कार्वाही गरिसकेको पनि मोरङ प्रहरीले जनाएको छ ।