लगानीकर्ता मौद्रिक नीतिको पखाईमा


मार्जिन कारोबारका लागि दर्जन ब्रोकरलाई स्वीकृति

नेपाल समाचारपत्र, काठमाडौं
धितोपत्रका लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिलाई कुरेर बस्दा शेयर कारोबारमा सुधार हुन सकेको छैन । लगानीकर्ताहरु मौद्रिक नीतिसम्म ‘पर्ख र हेर’ को अवस्थामा रहेका कारण बजारमा उत्साह देखिएको छैन ।

संघीय सरकारको बजेटपछि केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउने भएकाले अहिले मौद्रिक नीतिमा के कस्ता व्यवस्था हुन्छन् त्यसले पु“जीबजारमा कस्तो प्रभाव पार्छ भन्ने एकिन नभएकाले बजामा शिथिलता रहेको लगानीकर्ताहरुको भनाइ छ । जसका कारण पु“जीबजार केही गिरावटको अवस्थामा रहेको छ ।
यसैक्रममा बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेको छ । यस दिन नेप्से २ दशमलव ७८ अंकले घटेर १२५८ दशमलव २९ बिन्दुमा झरेको छ ।

यसदिन कुल १६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता शेयर ५७ करोड एक लाख २३ हजार ४८१ रुपिया“मा कारोबार भएको छ । समग्र परिसूचक घटेको दिन कारोबार आएका समूहमध्ये व्यापार समूह २ दशमलव ५३, होटल शून्य दशमलव ६, अन्य समूह शून्य दशमलव ४६ र सामूहिक लगानीकोष समूह शून्य दशमलव शून्य २ अंकले बढेको छ । तर, बैंकिङ समूह ३ दशमलव २३, विकास बैंक समूह शून्य दशमलव ९४, जलविद्युत् समूह ५ दशमलव ७१, वित्त समूह शून्य दशमलव ५६, निर्जीवन बीमा समूह ४ दशमलव ९, उत्पादन समूह ६ दशमलव १२, लघुवित्त ३ दशमलव ८६ र जीवन बीमा ११ दशमलव १८ अंकले घटेको छ ।

बुधबार हिमालयन डिस्टिलरीको मात्रै १९ करोड ४२ लाख, नेपाल बैंकको २ करोड १९ लाख, प्रभु बैंकको २ करोड ७१ लख रुपिया“को कारोबार भएको छ ।

समग्र नेप्से परिसूचकमा गिरावट आएको दिन नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९५ प्रतिशतले बढेको छ । त्यस्तै आइएमई जनरल इन्स्योरेन्स ६ दशमलव ९५, पा“चथर पावर कम्पनीको ६ दशमलव ४७ प्रतिशतले बढेको छ । तर, गुरा“स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ६ दशमलव ३६ प्रतिशतले घटेको छ ।त्यस्तै आशा लघुवित्त वित्तीय संस्था ४ दशमलव १७ प्रतिशतले घटेको छ ।

यसैबीच मार्जिन ट्रेडिङ कारोबारका लागि करिब एक दर्जन ब्रोकर कम्पनीले अनुमति पाएका छन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृतिमा नेपाल स्टक एक्सचेन्जले अनुमति दिएका कम्पनीमा दिव्य सेक्युरिटी एन्ड स्टक हाउस (५९) अक्षयतारा इन्भेन्टमेन्ट एन्ड सेक्युरिटी (५७), क्रिस्टल कनचनजंघा (५०) दिपशिखा धितोपत्र कारोबार(३८), सेक्योड सेक्युरिटी (३६),कोहिनूर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटी (३५) रहेका छन् ।

त्यस्तै भिजन सेक्युरिटी (३४), दक्षिणकाली इन्भेष्टमेन्ट (३३) श्रीकृष्ण सेक्युरिटी (२८),प्रिमो सेक्युरिटी (१६) र नेपाल स्टक हाउस (१४) रहेका छन् । यद्यपि, कम्पनी कारोबारको औपचारिक अनुमति भने पाएका छैनन्। आठ वटा ब्रोकर कम्पनीलाई केही दिन अघि र तीन वटालाई बुधबार मार्जिन ट्रेडिङ गर्ने स्वीकृति पाएका हुन् । धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउ“दा ग्राहकस“ग सम्झौता गरी शुरु मार्जिन, सम्भार मार्जिन दर, मार्जिन कल, सेवा शुल्क, खरिद गर्ने शेयरको विवरणलगायतका सर्तहरु खुलाउनुपर्ने छ ।

मार्जिन कारोबारमा उपलब्ध भएको ऋणको ब्याजदर ब्रोकरले डिल गरेका आधारमा तय हुने भएकाले सबैमा समान ब्याज भने हु“दैन । तथापि विकास बैंकको भन्दा सस्तो हुने बताइएको छ ।

मार्जिक कारोबार गर्नलाई बजारको अवस्था, जोखिम हेरेर ग्राहकस“ग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्ने हुन्छ । धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढीमा १० प्रतिशतसम्म मात्र कारोबार सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था नेपाल धितोपत्र बोर्डले गरेको छ ।