घरेलु उद्योगमा उत्पादन भएका बस्तु गाँउपालिकाले बजारीकरण गर्ने

0
Shares

विमल विष्ट,डोटी । जिल्लाको पूर्विचौकी गाउँपालिमा भित्रमा उत्पादन भएका घरेलु उद्योगका बस्तु गाँउपालिकाले नै बजारी करण गर्ने भएको छ । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तरगत उक्त गाँउपालिकाको वडा नं. ४ मा सञ्चालन भएको ७६ दिने शिप विकास तालिमको आज समापनको क्रममा बोल्दै अध्यक्ष दीर्घराज वोगटीले आफनो गाउँपालिका भरीमा उत्पादन भएका सम्पुर्ण घरेलु उद्योगका बस्तुको बजारी करण गाँउपालिकाले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरु समाग्री मात्रै उत्पदन गर्नुहोस बिक्रि बितरण गर्ने तथा बजार खोज्ने जिम्मा गाउँपालिकाको ।”

त्यस्तै कार्यक्रममा बोल्दै सोही गाउपालिका वडान ४ का वडा अध्यक्ष नबराज खड्काले तालिममा सिकेको कुरालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । तालिममा सिकेको शिपले आम्दानी बढ्ने र घरायसी खर्च चलाउन सहयोग पुग्ने प्रशिक्षक मानवहादुर पार्किले दावी गर्नु भयो । तलिममा सहभागी रहेकी मंगलादेबि खड्काले बिगतका दिनहरुमा गाउँमा उत्पादन हुने बाँस, निगालो त्यतिकै खेर जाने भए पछि अब तिनिहरुको प्रयोगमा राम्रो आम्दानी हुने अपेक्षा आफुहरुले गरेको र गाँउपालिकाले बजारीकरण गरि दिए आफुहरुले घरेलु उद्योगको रुपमा बास तथा निगालाका सामाग्रीहरु उत्पादन गर्दै जाने कुरा बताउनु भयो ।

गाँउपालिकाका २० जना महिलाहरुको सहभागीता सञ्चालन भएको लामो अबधिको शिप विकास तालिममा वाँस र निगालो वाट डोका, नाङ्लो, मुडा, झाडो, छाप्रो वनाउने तालिम दिएको आयोजक संस्थाका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिनुभयो । उक्त तालिम श्रृजनशिल विकास समाज नेपाल डोटीको आयोजना र घरेलू तथा साना उद्योग विकास समिति राजपुरको सहयोगमा सञ्चलान भएको हो ।