विनियोजन विधेयक पारित


काठमाडांै, (नेस)
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा विनियोजन विधेयक–२०७६ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बहुमतले पारित गरेको छ। प्रतिनिधिसभामा मंगलबारसम्म विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो भने सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए।
विनियोजन विधेयकमाथि ७ दिन छलफल भएको थियो भने ४ दिन मन्त्रीले जवाफ दिएका थिए। विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमा सांसदबाट प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। आगामी आर्थिक वर्षको बजेटसँंग सम्बन्धित ३ वटा विधेयक अर्थमन्त्रीले संसद्मा प्रस्तुत गर्नुभएको छ। खतिवडाले आर्थिक विधेयक–२०७६, राष्ट्र ऋण उठाउने विधेयक–२०७६ र ऋण तथा जमानत (२३औं) संशोधन–२०७६ पेस गर्नुभएको हो। तीनवटै विधेयकमाथि विचार गरियोस् भनी गरेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो।

विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमा सांसदबाट प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। मन्त्री खतिवडाले प्रस्तुत गरेको ३ वटा विधेयकमाथि संशोधन दर्ता गर्नका लागि ७२ घन्टा समय दिने नियमावलीमा उल्लेख छ। प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार ४ बजेका लागि बोलाइएको छ।