सुनकोशी नदीमा कार खस्यो, दुईको मृत्यु


बुद्ध नेपाली, सिन्धुली ।
विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउपालिका –२ कमेरेफाँटमा कार दुर्घटना हुदाँ एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अरु दुई जना घाईते भएका छन् । खोटाङ हलेसिबाट काठमाण्डौ तर्फ आउदै गरेको बा.१३ च ३७९३ नम्बरको कार मंगलवार विहान २ बजे सुनकोशी नदीमा खसी दुर्घटना भएको हो ।

दुर्घटनामा परी कारमा सवार काठमाण्डौ महानगरपालिका –३१ नयांबानेश्वर बस्ने ४५ की हेमा लामिछाने र सोही ठाँउ बस्ने बर्ष ६० का अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुने दुई जना जेठाजु बुहारी हुन् । दुर्घटनामा कारका चालक सोही ठाउँका मृतक हेमा लामिछानका श्रीमान ५८ बर्षका दिपक लामिछाने र मृतक अच्चुतकी २६ बर्षिया छोरी आस्था लामिछाने घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

घाईते दुवैको अबस्था मध्यम रहेको उहाँको भनाई । कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल सुनकोशी नदीमा खसेको उनले बताउनुभयो । घाईते दुवैको उपचारभईरहेको छ ।