जनरल इन्स्योरेन्सको ४०औं शाखा कालिमाटीमा


जनरल इन्स्योरेन्स कम्पनीले काठमाडांैको कालिमाटीमा शाखा विस्तार गरेको छ। संघीय संसदका सांसद् तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले सो शाखाको उद्घाटन गर्ने भएको हो। उद्घाटन कार्यक्रममा बोल्दै सांसद् श्रेष्ठले सरकार आर्थिक समृद्धि र विकासलाई आत्मसाथ गर्दै अघि बढेकाले अब नेपाली बीमा व्यवसायको भूमिका पनि समृद्धिसँगै जोडिनुपर्ने बताउनुभयो। श्रेष्ठले कम्पनीले उपलब्ध गराउने सेवा बेलैमा आत्मसाथ गर्नसके भैपरी आउनसक्ने जोखिमलाई कम गर्न सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा कम्पनीका अध्यक्ष कुनल क्यालले छोटो समयमा कम्पनीले आफ्नो नेटवर्कलाई देशभर पु¥याउन सफल भएको बताउनुभयो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एसके तमोटले आगामी आर्थिक वर्षाभित्र शाखा सञ्जाल ६० पु¥याउने र अधिकृत पुँजी, एक अर्ब पु¥याउने बताउनुभयो। हाल कम्पनीले ट्राभल, मेडिकल इन्स्योरेन्स, मोटर बीमा, स्वास्थ्य बीमा, पैसाको बीमा, माइक्रो, क्याटल, अन्नबालीको बीमा घर तथा अर्पाटमेन्टको बीमा गर्दै आएको छ।