एनआईसी एसिया बैंकको कार्डमार्फत दराजमा मोबाइल किन्दा छुट

0
Shares

एनआईसी एसिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत अनलाइन पेमेन्ट गरी असार ९ गतेदेखि असार १५ गतेसम्म चल्ने दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५ प्रतिशत वा अधिकतम ५ हजार रुपियाँसम्म छुट प्राप्त गर्न सकिनेछ। बैंकले मुलुकभर २८४ शाखा कार्यालय, २९४ एटीएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवम् ३५ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।