प्रभु बैंकको आरुघाटमा शाखा


प्रभु बैंकले धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका– २, विशालनगरमा बैंकको आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले उक्त शाखा उद्घाटन भएको हो। शाखा उद्घाटन गर्दै अध्यक्ष थापाले प्रभु बैंकले आरुघाट शाखा सञ्चालनमा ल्याएको खुशी व्यक्त गर्नुभयो। आरुघाट शाखासमेत गरी बंैकले हालसम्म १८६ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दैै आएको छ।