गैरकानुनी लगानी व्यवस्थापनसँग सचेत रहन बोर्डको आग्रह


नेपाल समाचारपत्र, काठमाडौं
नेपाल धितोपत्र बोर्डले अनुमति नलिएका लगानी व्यवस्थापन ९पोर्टफोलियो म्यानेजमन्ट० सँग कारोबार नगर्न सचेत गराएको छ। सोमबार विज्ञप्ति जारी गर्दै धितोपत्र व्यवसाय ९लगानी व्यवस्थापन० को कार्य गर्न अनुमतिपत्र प्राप्त नगरी कतिपय संस्थाहरूले लगानी व्यवस्थापनको कार्य गरेको हुँदा सो कार्य गैरकानुनी भन्दै बोर्डले सचेत गराएको हो।

लगानी व्यवस्थापनसम्बन्धी कार्य गर्न चाहने संस्थाले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ५६ को उपदफा १ अनुसार अनिवार्य रुपमा बोर्डबाट अनुमति लिनुपर्ने र उपदफा २ बमोजिम कसैले पनि अनुमति नलिई धितोपत्र व्यवसाय गर्न नपाउने भन्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै अनुमति नलिएका त्यस्ता संस्थासँग कारोबार गर्न पनि लगानीकर्तालाई बोर्डले सचेत गराएको छ। बोर्ड लगानी व्यवस्थापनका निम्ति हालसम्म २९ वटा संस्थाले अनुमति प्राप्त गरेको जनाएको छ।

बोर्डका अनुसार लगानी व्यवस्थापनका लागि एनएमबि क्यापिटल, सीबीआईएल क्यापिटल, सनराइज क्यापिटल, सानिमा क्यापिटल, ग्लोबल आईएमई क्यापिटल, बीओके क्यापिटल मार्केट, भिवोर क्यापिटल, नेपाल एसबीआई मर्चेन्ट बंैकिङ, सिभिल क्यापिटल मार्केट, एनआईसी एसिया क्यापिटल, केसीएल। अस्ट्यूट क्यापिटल, आरबीबी मर्चेन्ट बैंकिङ, प्रभु क्यापिटल, आकाश क्यापिटल, नविल इन्भेष्टमेन्ट बैंकिङ, वेल्थ म्यानेजमेन्ट एन्ड मर्चेन्ट बैंकिङ, लक्ष्मी क्यापिटल मार्केटले अनुमति लिएका छन्।

त्यस्तै आर्कस क्यापिटल एडभाईजर्स, एनआईबीएल एस क्यापिटल, कुमारी क्यापिटल, कृति क्यापिटल एन्ड इन्भेष्टमेन्टस्, नेपाल बंगलादेश क्यापिटल, समृद्धि क्यापिटल, जनता क्यापिटल, नेसनल मर्चेन्ट बैंकर, सेञ्चुरी क्यापिटल मार्केट्स, सिद्धार्थ क्यापिटल, मेगा क्यापिटल मार्केट्स, प्रोभिडेन्ट मर्चेन्ट बैंकर रहेका छन्।