९ वर्षदेखि कोसी करिडोर सडक अलपत्र


अभिमन्यु लामिछाने, उदयपुर
नौ वर्षदेखि निर्माणाधीन कोसीकरिडोर अलपत्र परेको छ। सप्तकोसी उच्च बाँधको कारण मध्यपहाडी लोकमार्गसँग जोडिने कोसी करिडोरको नामले परिचित उदयपुरको घुर्मी–चतरा सडकको काम नौ वर्षदेखि अलपत्र परेको हो।

उदयपुरको कटारी नगरपालिकाको घुर्मीबजारदेखि उदयपुरकै बेलका नगरपालिका र सुनसरीको चतरा जोडिने सडकको काम अझै सुचारु हुन सकेको छैन। सडक सर्भे गर्दा वातावरण प्रभाव मूल्यांकन ९ईआईए० अध्ययन नगरेको भन्दै वन कार्यालयले रोकेपछि ट्रयाक खोल्न शुरु भएको काम ९ वर्षसम्म सुचारु हुन सकेको छैन। सुनकोसीको तिरैतिर १ सय ६७ किलोमिटर लम्बाईको सडकको ट्रयाक खोल्ने काम शुरु भएर रोकिएको नौ वर्ष भएको ताप्ली गाउँपालिका कुमल्टारका स्थानीय जन्मजय राईले बताउनुभयो।‘१० किलोमिटर मात्रै ट्रयाक खोलिएको छ,’ उहाँले भन्नुभयो– ‘राष्ट्रिय परियोजनाअन्तर्गत नै निर्माण शुरु भएको सडकको काम वन कार्यालयले रोकेपछि ठप्प भयो, अहिले वन कार्यालय खुल्ला गरेपछि काम शुरु हुन सकेको छैन।’

२०६७ सालमा २० वटा निर्माण कम्पनीले २० ठाउँबाट ट्रयाक खोल्न शुरु गरेका थिए। पछि वन कार्यालयले ईआईए गरेर काम अघि बढाउन सरकारी प्रक्रिया टुङग्याएपछि फेरि सडक विभाग र ठेकेदारबीच भएको विवादले काम रोकिएको ताप्ली गाउँपालिकाका स्थानीय शिक्षक तोया बुढाथोकीले जानकारी दिनुभयो।‘हामी धेरैपटक डेलिकेसनसमेत गएका थियौं,’ उहाँले भन्नुभयो–‘वनसम्बन्धी पूरा गर्नुपर्ने कानुनी प्रक्रिया पूरा गरेपछि पुनः ठेकेदार र सडक विभागको विवादले रोकिएको छ।’

कोसी करिडोरले उदयपुरको बेलका, त्रियुगा, कटारी नगरपालिका, रौतामाई, ताप्ली र लिम्चुङबुङ गाउँपालिकाका सर्वसाधरणलाई टेवा पु¥याउने छ। खोटाङ, सोलुखम्बु, ओखलढुंगालाई प्रदेश १ को राजधानी विराटनगर जोड्ने छोटो दूरीको सडक हो। यता सुनसरी, धनकुटा, भोजपुरलगायतका पूर्वी नेपाललाई काठमाडांै जोड्ने छोटो दूरीको सडक पनि पर्ने भएकाले रोकिएको काम सुचारु गराउन प्रदेश र संघीय सरकारकारले जनप्रतिनिधिले पटक–पटक माग गर्दै आएको ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले जानकारी दिनुभयो।

‘शुरुमा वनको कारण रोकिएको हो,’ उहाँले भन्नुभयो–‘धेरै लामो समय रोकिएपछि ठेकेदारहरूले सोही पैसामा काम गर्न नसक्ने भन्दै काम रोके, संघीय सरकारले काम सुचारु गराउने कुनै पनि पहल नगर्दा झनै रोकिएको छ।’ उदयपुरका आठै स्थानीय तहमा कोसी करिडोरले छुन्छ। जसको कारण विराटनगर, काडमाडांैलगायतका शहर पुग्ने छोटो दूरीको कोसी करिडोर बन्दा कृषि, पर्यटनमा फाइदा पुग्ने ताप्लीका स्थानीय अगुवा तोपबहादुर ठकुरीको भनाइ छ।

कोसी करिडोरको रोकिएको काम सुचारु गराउन जनप्रतिनिधि सहितको टोलीले संघीय सरकारसँग माग गरिरहेको छ। निर्माण शुरु भएर रोकिएको काम सुचारु गराउन लागि परे पनि संघीय सरकारले सप्ताकोसी उच्च बाँधको कारण रोकिएको गुनासो गर्न थालेको ताप्ली गाउँपालिका अध्यक्ष थापाको भनाइ छ। घुर्मी र ताप्ली गाउँपालिकाको कुमल्टारबाट कोसी करिडोरको ट्रयक खोल्ने काम शुरु भएर रोकिएको हो।

सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी कमला डाइभर्सन परियोजनाको कारण पनि कोसी करिडोर रोएिको जानकारहरूको भनाइ छ। नेपाल–भारत सरकारको संयुक्त योजनामा सम्पन्न हुने सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी कमला डाइभर्सन परियोजनाको डिपिआरले निर्माणधीन सुनकोसी करिडोर क्षेत्र पनि डुवानमा पर्ने भएकाले रोकिएको बताइएको छ।

‘हामीले सप्तकोसी उच्च बाँधले रोक्यो भनेर बाहिर भन्न थालेका छौ,’ उहाँले भन्नुभयो–‘भित्री रुपमा सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी कमला डाइभर्सन परियोजनाले रोकेको हो, जुन बाँध निर्माण हुँदा यस क्षेत्र पुरै डुवानपर्ने हुन्छ।’ सन् १९९१ डिसेम्बरमा विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर० तयार गर्ने सहमति भएको थियो। त्यही परियोजनाको सन् २००४ देखि डीपीआर हुँदै छ। जुन डीपीआरमा सुनकोसी क्षेत्रका प्रभावित हुनेछ।

उदयपुरको बेलाका नगरपालिका र सुनसरीको बराहा नगरपालिका बीचमा पर्ने सप्तकोसीमा २६९ मिटर अग्लो बाँध बनाउन सप्तकोही पूरै थुनिन्छ। पूर्वी नेपालका कोसी क्षेत्रका १० जिल्लाका करिब साविकका ७० वटा साविकका गाउँ विकास समिति प्रभावित हुने भएपछि विरोध भएको थियो। त्यही परियोजनाअन्तर्गत निर्माणधीन अवस्थामा रहेको सुनकोसी करिडोर रोकिएको सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी कमला डाइभर्सन परियोजनाका एक उच्च अधिकारीले जानकारी दिए।