पर्यटन वर्षलाई लक्षित गरी पाककला प्रतियोगिता


नेपाल समाचारपत्र, पोखरा
पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरेर आयोजित राष्ट्रिय पाककला प्रतियोगिता सम्पन्न भएको छ। दुई वर्ष सेफका काम गरिसकेका जनशक्तिको सम्मान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएका छन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीइभीटी०, राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजनाले प्रतियोगिताको आयोजना गरेका हुन्। काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन ९गेट कलेज० ले यो प्रतियोगिताको इभेन्ट पार्टनरका रूपमा व्यवस्थापकीय एवं संयोजनकारी कार्य गरेको थियो।

सातै प्रदेशका १ सय ६३ जना प्रतियोगीबाट विभिन्न चरणमा छनोट गरी फाइनल चरणमा १४ जना छनोट भएका थिए। पोखरामा सम्पन्न पाककलामा आधारित राष्ट्रिय सीप प्रतियोगितामा प्रदेश नम्बर ३ की सुनसरी नेपाली प्रथम हुनुभएको छ। प्रथम पुरस्कार विजेता नेपालीले नगद १ लाख रुपियाँ प्राप्त गर्नुभएको छ। प्रतियोगितामा प्रदेश नं ३ कै रमेश थापाले दोस्रो स्थान हासिल गर्दै ७५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ। यसैगरी प्रदेश नम्बर ५ का ओमप्रसाद ढकालले तेस्रोे हुँदै ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ।

नेपालमा हाल करिब ४५ वटा शैक्षिक संस्थाले पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी औपचारिक तबरमा पाककलासम्बन्धी शिक्षा प्रदान गर्दै आएका छन् भने सीटीइभीटीद्वारा मान्यताप्राप्त सीपमूलक शिक्षा प्रदायकले पनि यस्तो तालिम दिँदै आएका छन्। प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्र्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भइरहेको बेलामा प्राविधिक शिक्षामै जोड दिनुपर्ने बताउनुभयो। पर्यटन गण्डकी प्रदेशको प्राथमिकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पाककलाजस्तो पर्यटन क्षेत्रको महŒवपूर्ण प्रतिस्पर्धाको थालनी पोखराबाटै आरम्भ भएकोमा सह्राहना व्यक्त गर्नुभयो।

पोखरा महानगरपालिकाको मेयर मानबहादुर जिसीले पोखरा महानरपालिकाले प्राविधिक शिक्षालाई समृद्धिको पूर्वशर्तको रुपमा अंगिकार गरेको भन्दै यो प्रतियोगिताले आमबेरोजगार युवामा श्रमप्रतिको सम्मानलाई अझै उजागर गर्ने विचार व्यक्त गर्नुभयो। नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजनाका राष्ट्रिय टिम लिडर देवीप्रसाद दाहालले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको दक्षता मापन प्रणाली स्विस सरकारको सहयोगमा तयारी भइरहेको जानकारी दिँदै यस्ता प्रतियोगिताबाट देशमा लुकेर रहेका सीपयुक्त जनशक्तिको दक्षता बाहिर ल्याउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो। प्र्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीइभीटी० सदस्य सचिव रमेश बखतीले नेपालमा प्राविधिक शिक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा परिषद्ले हालसम्म सञ्चालित कार्यक्रमबाट हजारौं नेपाली युवा दक्ष भइसकेको बताउनुभयो। शिक्षविद् डा। कुलबहादुर बस्नेतले अब गरिखाने सीप नै राष्ट्रिय समृद्धिको आधार भएको धारणा व्यक्त गर्नुभयो।