रेडियोलोजी परीक्षण सेवामा ५० प्रतिशतसम्म छुट


भगवती तिमल्सिना, काठमाडौं
मेट्रो रेडियोलोजी एन्ड इमेजि· प्रालि।९एमआरआई सेन्टर०ले सीटीस्क्यान, एमआरआई, एक्सरेलगायतका सम्पूर्ण रेडियोलोजी परीक्षण सेवामा सर्वसाधारणलाई ३३ देखि ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।

नक्साल नारायणचौरस्थित नेपालकै २० वर्ष पुरानो उक्त सेन्टर स्थापनाको २० वर्ष प्रवेशको अवसरमा यही असार र साउन उक्त सेवा भारी छुटमा दिन लागिएको सेन्टरका प्रबन्धक नवीन बस्न्यातले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो।

उहाँका अनुसार एमआरआईमा ३३, सीटीस्क्यानमा ३५, एक्सरे सेवा र म्यामोग्राफी परीक्षणमा ५० प्रतिशत सहुलियत दिने घोषणा गरिएको हो। अल्ट्रासाउन्ड र ओपीजी परीक्षण सेवामा पनि सहुलियत दिइने छ। ती रेडियोलोजी सेवाका लागि उक्त सेन्टरमा अहिले दुईजना वरिष्ठ चिकित्सक र ६ जना तालिम प्राप्त प्राविधिक कार्यरत छन्। ‘हामी केही वर्षअघिदेखि नै यो सुविधा दिने प्रयासमा थियौं तर ढिलो भए पनि यसपालि दिन लागेका हौं’ –सेन्टरका पबन्धक नवीन बस्न्यातले भन्नुभयो।

सोही सेन्टरका वरिष्ठ रेडियोलोजिस्ट डा। निर्मल न्यौपानेले सीटीस्क्यान, एमआरआईलगायतका रेडियोलोजी परीक्षण सेवा रिफर गर्ने डाक्टरलाई दिइने कमिसन कम गर्दै उक्त सहुलियत सर्वसाधारण सेवाग्राही र बिरामीलाई दिन यस्तो निर्णय गरिएको दाबी गर्नुभयो।
एक अर्को प्रस·मा उहाँले रेडियोलोजी परीक्षण सेवाका लागि आवश्यक पर्ने अत्याधुनिक औजार र उपकरणको आयातमा सरकारले कर छुट दिनुपर्ने बताउँदै स्थानीय करहरूमा पनि छुट भएमा सर्वसाधारणका सबैप्रकारका रोगको पहिचान सर्वसुलभ शुल्कमा समयमै गर्न सकिने तर्क गर्नुभयो।

आफैँ डाइग्नोस्टिक सेवा लिन आउनेलाई भन्दा रिफरल आउनेलाई २ देखि ३ हजारसम्म बढी पर्ने मेनेजर नवीनबहादुर बस्न्यातको स्वीकार्नुभयो। तर नेपालका नाम चलेका डा। सुन्दरमणी दीक्षितलगायतका केही डाक्टरहरूले भने कमिसन लिनुहुन्न र सिधै बिरामीलाई छुट दिन भन्नुहुन्छ।

उहाँ थप्नुहुन्छ– ‘यस्तो अवस्थामा बिरामीलाई बढी सेवा दिन सरकार चनाखो हुनुपर्ने देखिन्छ। प्राइभेटमा महँगो भो भनिन्छ भित्री कुरा बिरामीबाट नै शुल्क असुलेर डाक्टरलाई कमिसन दिनुपर्ने कारण सरकारी सेवाभन्दा महँगो परेको हो। एम्बुलेन्स ड्राइभर, बिरामी बोकेर आउँने ट्याक्सी ड्राइभरदेखि लिएर रिफरल टिमसम्मलाई कमिसन दिनुपर्छ।

उक्त अस्पताल स्रोतका अनुसार २० वर्षमा अहिलेसम्म ७५ हजार बिरामीले एमआरआई सेवा लिइसकेका छन् भने ५० हजारले सीटीस्क्यान सेवा लिएका छन्। भिडियो एक्सरेलगायत थप अन्य सेवा लिनेको संख्या अझ बढी रहेको सेन्टरका डा। न्यौपानेले बताउनुभयो।