वितरकले रोक्यो टिभी प्रसारण


काठमाडौं, (नेस)
विदेशी टेलिभिजन कार्यक्रम हेर्ने नेपालीले विज्ञापनरहित कार्यक्रम हेर्न पाउने व्यवस्थाका साथ आएको विधेयकको विरोधमा वितरक संघले नेपालमा हिजो र आज प्रसारण नै बन्द ग¥यो।

इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिको नामबाट जारी सूचनामा ‘प्रस्तावित विज्ञापन ऐन, २०७६ अनुसार विदेशी च्यानलहरू क्लिन फिड हुनुपर्ने प्रावधानअनुसारको व्यवस्था लागू गर्दा हुनआउने प्रतिकूल परिस्थितिप्रति सबैको ध्यानाकर्षण गर्न सोमबार दिउँसो ३ बजेदेखि मंगलबार ३ बजेसम्म नेपालभर विज्ञापन प्रसारण हुने विदेशी च्यानल बन्द गरिएको जनाइएको छ।

विज्ञापनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक हाल राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभाको विकास समितिमा विचाराधीन रहेको छ। यो विधेयक पारित भई ऐन बनेमा नेपाली दर्शकले विज्ञापनसहित प्रसारण हुँदै आएका विदेशी च्यानलहरू बिनाविज्ञापन हेर्न पाउनेछन्।
‘क्लिन फिड लागू भएपछि नेपाली टेलिभिजन उद्योगमा विज्ञापनको फ्लो बढ्नेछ, विदेशी च्यानल हेर्दा उनीहरूका विज्ञापन हामीले हेरिदिनुपर्ने छैन, त्यसमा आउने विज्ञापन नेपाली च्यानलमा प्रसारण हुने वातावरण तयार हुनेछ’ –पसारण विज्ञ लक्ष्मण हुमागाईंले भन्नुभयो, नेपाली टेलिभिजन उद्योगको विकासका लागि सरकारले ल्याएको यस विधेयकमा सबै नेपालीको साथ रहनुपर्छ।