सरस्वति न्यौपाने,रसुवा । रसुवा-जिल्लाको कालिका गाउँपालिका वडा नं. २ स्थित कालिका स्थानमा ४६ औँ व्याच जुनियर डिभिजन (NCC) तालिम शुक्रबार एक कार्यक्रम विच शुभारम्भ गरिएको छ ।
कालिका हिमालय माध्यमिक विद्यालयका छात्रा १८, छात्र १८ गरी ३६ जनालाई राष्ट्रिय सेवादलबाट संचालित जुनियर डिभिजन सिं ४६ (NCC) तालिमको विधिवत रुपमा कालि जंग गणका प्रमुख सेनानी सविन्द्र नगरकोटी शुभारम्भ गर्दै युवाहरुलाई अनुशासित इमान्दार तथा बफादार राष्ट्रिय भावना तथा नेतृत्व क्षमताको विकास गर्ने र असल नागरिक बनाउने उद्देश्य रहेको बताए ।
शुभारम्भ कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष सिता अधिकारी, उपाध्यक्ष, भवानी न्यौपाने, लगायत कालिका मन्दीर व्यवस्थापन समितिका अध्यक्ष, पत्रकार विद्यालय का प्र.अ. लगाएतका सरोकारवालाहरुको उपस्थित रहेको थियो ।
कालिजंग गणले सन्चालन गरेको उक्त तालिम सय दिन सम्म नेपाली सेना अन्तर्गत राष्ट्रिय सेवादल ले ७५ वटै जिल्लामा पायक पर्ने विद्यालयका छात्र छात्राहरुलाई समावेश गरि सन्चालन गर्देै आइरहेको प्रमुख सेनानी सविन्द्र नगरकोटीले जानकारी दिए ।
विशेष सांस्कृतिक कार्यक्रमका साथ शुभारम्भ गरिएको कार्यक्रममा करिव १५० जनाको सहभागिता रहेको थियो रसुवा जिल्लामा कालि जंग गण आए देखि हाल सम्म उत्कृष्ट कार्य गरी अगाडी बढिरहेको छ । गण ले वन्यजन्तु लगाएत हरेक समाजमा हुने दुः ख पिडाहरुमा मलम लगाउने काम गरेको छ । नेपाली सम्पुर्ण सेना सम्पुर्ण रसुवालीको मन जितेको छ उहाँहरुको काम प्रशंसनिय रहेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।
प्रतिक्रिया