त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम अर्को साता सकिने

0
Shares

दीपेन्द्र थापा, काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नतीको काम एक साताभित्रै सकिने भएको छ । आगामी असार १५ गतेभित्र धावनमार्गको कालोपत्र सकिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले जानकारी दिएको छ ।

‘हाल तीव्र रूपमा काम भइरहेको छ, मौसमले साथ लिएको खण्डमा हामी समय सिमाभित्रै काम सक्ने अन्तिम तयारीमा रहेका छाैं।’ आयोजनाका इन्जिनियर दीपेन्द्र श्रेष्ठले बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल भएको पुरानो धावमार्गको कालोपत्रे फालेर नया“ कालोपत्रे (पिच) राखेको हो । पहिलो चरणमा २० सेन्टिमिटरको धावमार्गको ३ हजार ५० मिटर लम्बाई र ६० मिटर चौडाई कालोपत्रे गरेको थियो । हाल भने सोभन्दा माथि ६ दशमलव ५ सेन्टिमिटर मोटाईको पिच गर्ने काम भइरहेको छ । करिब १५ सय मिटर पिच गर्ने काम सकिएको छ भने अब आधा काम बा“की रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

अब पा“च दिन पूरै काम गर्न पाएको खण्डमा र मौसमले साथ दिएको अवस्थामा जुन महिनाको अन्त्यसम्म काम पूरा हुने श्रेष्ठको भनाइ छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको ४४ वर्षपछि हाल स्तरोन्नतीको काम भइरहेको छ ।
सन् १९७५ मा निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच पहिलोपटक पूरै फालेर नया“ पिच गरिएको हो ।

२२ घण्टा सञ्चालनमा रहेको देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई १० घण्टा (राति १० बजेदेखि विहान ८ बजेसम्म) बन्द गरी धावमार्गलाई नया“ रुप दिइ“दैछ ।

चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङले ४ अर्ब २७ करोड रुपियाँको लागतमा धावनमार्गको स्तरोन्नतीको थालिएको हो ।

‘काम शुरु गर्ने विषयमा मौसमले पनि उतिकै साथ दिनुपर्छ मौसम प्रतिकुल हुने बित्तिकै काम प्रभावित हुन्छ । सोहीअनुसार ठेकेदार कम्पनीले पूर्वनिर्धारित योजनाअनुसार कार्यसम्पादनको लागि इन्जिनियर र प्राविधिले उपकरण तथा कामदार खटाउँछ,’ आयोजनाको भनाइ छ ।

तीन महिनाभित्र पूरा गर्ने लक्ष्यसहित शुरु भएको धावनमार्गको काम ३ सय ५० बढी कामदार संलग्न रहेका छन् । मेसिनले तह–तह गरेर १० सेन्टिमिटरका दरले कालोपत्रे उप्काउँदै टिपरमा जम्मा गरी धावनमार्गबाट विस्थापित गरी नयाँ पिच गरिएको थियो भने सो माथि अर्का पिचको काम भइरहेको छ ।

दैनिक ४ सय उडान अवतरण हुने विमानस्थल बन्द गरी काम भैरहेको छ, छोटो समय विमानस्थल बन्द भए पनि नया“ स्वरुपको धावनमार्ग सञ्चालनमा आएस“गै विमानस्थल २४सै घण्टा सुचारु गर्न सकिने प्राधिकरणले जनाएको छ ।

नया“ धावनमार्ग निमार्णस“गै अहिलेकै हवाई चापको अवस्थामा २० वर्षसम्म निरन्तर धावनमार्ग २४ घण्टा सञ्चालन गर्न सकिनेछ । धावनमार्गको निर्माण पूरा गरिसकेपछि चिनियाँ कम्पनीले ‘ट्याक्सी वे’ को काम शुरु गर्ने छ ।

विमानस्थलको स्तरोन्नतीको काम पूरा भएस“गै असार १६ गतेदेखि भदौ १४ गतेसम्म २१ घण्टा सञ्चालनमा आउने छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले वर्षाको मौसम सकिएपछि विमानस्थलको दोस्रो चरणको काम त्यसपछि ‘प्यारलल ट्याक्सी–वे’ को काम शुरु गर्ने बताउनुभयो । सेप्टेम्बर १ तारिखदेखि डिसेम्बर ३१ तरिखसम्म दोस्रो चरणअन्तर्गतको स्तरोन्नतीको कामको लागि राति साढे ११ बाट बिहान साढे ६ बजेसम्म उडान अवतरण बन्द गरेर काम गरिने क्षत्रीको भनाइ छ ।

सरकारले रुपान्तरण गर्न लागेको बुटिक विमानस्थलको काम पनि हाल तीव्र रुपमा भइरहेको क्षेत्रीले जानकारी दिनुभयो । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वैशाखमानै बुटिक एयरपोर्ट घोषणा गर्ने कार्यक्रम रहेको भए पनि विभागीय मन्त्रालय मन्त्रीविहीन भएस“गै सुस्ताएको थियो । क्षत्रीका अनुसार पहिलो चरणका केही काम भएको र दोस्रो चरणको लागि टेन्डर प्रक्रिया अघि बढेको बताउनुभयो ।

आगामी डिसेम्वरसम्म निर्माण सक्ने लक्ष्य विमानस्थलले लिएको छ । नेपाली परम्परागत शैली,नेपाली मौलिकता झल्किने गरी कलात्मक कृति तथा चित्रले विमानस्थल सजाइने छ । बुटिक एयरपोर्ट निर्माणको लागि करिब २८ करोड रुपिया“ बजेट रहेको विमानस्थल कार्यालयले जनाएको छ ।