एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु, एक गम्भिर घाईते ।

0
Shares

रामचन्द्र विक, रामेछाप
रामेछापको मन्थली नगरपालिका वडा नं. ६ कुनौरीमा आइतबार विहान एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ भने एम्बुलेन्समा सवार अर्का एक जना गम्भिर घाईते भएका छन् ।

दुर्घटनामा परी एम्बुलेन्स चालक सिन्धुलीको गोलञ्जोर–७ का निर बहादुर श्रेष्ठको दुर्घटना स्थलमै ज्यान गएको छ । त्यसैगरी एम्बुलेन्समा सवार सिन्धुलीको गोलञ्जोर–७ कै सुरज श्रेष्ठ गम्भिर घाइते हुनुभएको छ । घाइतेलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहारी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिनुभयो ।


सिन्धुलीको खुर्कोटबाट मन्थली तर्फ बिरामी लिन आउँदै गरेको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स सडकबाट करिब एक सय मिटर तल खसेको थियो । आइतबार बिहान साढे दुई बजेको समयमा दुर्घटना भएको प्रहरी प्रवक्ता अदालतले जानकारी दिनुभयो । दुर्घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धन भइरहेको पनि प्रवक्ता अदालतले जानकारी दिनुभयो ।