लगानीको सुरक्षा ग्यारेन्टी भए मुलुकमा आर्थिक संकट नहुने

0
Shares

यमलाल भुसाल, बुटवल । व्यवसायमा लगानीको सुरक्षाको ग्यारेन्टी भए मुलुकमा आर्थिक संकट नहुने एक कार्यक्रममा वोल्ने वक्ताहरुले औल्याएका छन ।

उनीहरुले मुलुकमा शान्ति सुरक्षाको प्रत्याभुत भएमा उद्योगी व्यवसायीले ढुक्क भएर लगानी गर्ने वातावरण कार्यम हुने पनि बताएका छन ।

रुपन्देही उद्योग संघले शनिवार आयोजना गरेको इलाका प्रहरी कार्यालय, बुटवलमा सरुवा भई आउनु भएका डिएसपी भिमलाल भट्टराई र घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीका प्रमुख उद्योग अधिकृत नारायण आर्चायलाई स्वागत तथा सम्मान कार्यक्रममा वोल्नेहरुले प्रदेशमा आर्थिक सम्बृद्धि स्थापनाका लागि लगानीको वातावरण जरुरी रहेको बताएका छन ।

घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीका प्रमुख नारायण आर्चायले उद्योग व्यवसायमा रहेका कठिनाईलाई हटाउन तथा औद्योगिक बातावरण निमार्ण गर्न उद्योगीहरुले दिने सुझाव र सल्लाहलाई सधै आफुले सकारात्मक रुपमा लिने बताउदै कर्मचारीहरुको अभाव एवं अधिकारको बाडफाडमा रहेको अन्यौलका कारण चाहे अनुसार काम गर्न कठिनाई भएको गुनासो गर्नु भएको थियो ।

इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी भिललाल भट्टराईले ऐन कानुनले दिएको अधिकारलाई प्रयोग गरि शान्ति सुव्यवस्था कायम गराउन निष्पक्ष रुपमा आफु र आफ्नो टिमले काम गर्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले आर्थिक उन्नती र संमृद्धिमा टेवा पुग्ने काममा सहकार्यका लागि आग्रह समेत गर्नु भएको थियो ।

संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले रुपन्देहीको औद्योगीक विकासमा दुबै कार्यालय र कार्यालय प्रमुखबाट सकारात्मक भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष अधिकारीले उद्योग र उद्योगीहरुका समस्याहरुलाई सम्बोधन गर्ने काममा आफ्नै समस्या सम्झने बातावरण बन्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा संघका निर्वतमान अध्यक्ष दिनेशराज रेग्मीले उद्योगीहरुका समस्याहरुलाई प्राथमिकतामा राख्दै यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्न एक आपसमा मिलेर अगाडी बढ्न आग्रह गर्नु भयो । संघका पूर्व अध्यक्ष बोनिन पियाले आम नागरिकहरुलाई शान्तिको अनुभूति हुने तथा उद्योगीका समस्या समाधानमा कुनै पूर्वाग्रह नराखेर कानुनको पालना गराउने जिम्मेवारीलाई हार्दिकताका साथ पुरा गर्नु हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

स्थापना दिवसमा आश्रमलाई सहयोग

उद्योग व्यापार संघ बुटवलको प्रथम स्थापना दिवशको अवसरमा बुटवल ८ स्थित मानव सेवा आश्रममा इलेक्ट्रीक तथा सेनेटरीको सामग्री प्रदान गरिएको छ ।

संघले स्टेन पंखा ३ थान, सिलिङ पंखा ३ थान तथा फिनेल ६ लिटर, हर्पेक २४ पिस, हेण्डवास ६ पिस, सावुन १ दर्जन डाईपर २ पाकेट आश्रमलाई प्रदान गरेको महासचिव विष्णु प्रसाद पाण्डेले जानकारी दिए । गर्मीमा लगाउने टिसर्टको अभाव देखिएकाले ५० प्रति टिसर्ट उपलव्ध गराउने संघले जनाएको छ ।

अध्यक्ष प्रविण पाठकले आश्रमका अभिभावक शेरवहादुर गौतम र संचालक सरु अधिकारीलाई ति सामग्रीहरु हस्तान्तरण गरेका हुन ।