उपचारको क्रममा विरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

0
Shares

सरोज यादव, विराटनगर ।  विराटनगरस्थित बिराट नर्सिङ होममा उपचारको क्रममा विरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको छ । मोरङ बिराटचोककी चरीमाया प्रसाईको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै प्रदर्शन र तोडफोड गरेपछि अस्पतालमा परिसर तनावग्रस्त भएको हो ।

आफन्तका अनुसार अस्पतालमा प्रसाईको पाठेघरमा बच्चा नरहने समस्याका कारण सफा गरिएको थियो । तडर सो क्रममा उपचारको क्रममा भएको लापरवाहीले चरीमायाँको ज्यान गएको मृतकका आफन्तको दावी गरेका छन् । प्रसाईको डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको टिमले शल्यक्रिया गरेको थियो । घटनापछि अस्पतालमा तनाव भएपछि अस्पताल प्रशासनले प्रहरी बोलाएको थियो । अस्पतालले उपचारमा कुनै पनि लापरवाही नगरेको दावी गरेको छ ।

घटनापछि अस्पताल प्रशासन र विरामीका आफन्त विच आन्तरिक छलफल भईरहेपनि सहमति नजुटेको आफन्तले बताएका छन । चरिमायाको शल्यक्रियापछि आईसीयुमा राखेर उपचार गरिएको अस्पतालले जानकारी दिएको छ । घटनापछि अस्पतालमा आफन्तले नारावाजी गरिरहेका छन भने बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

यसैबीच चरीमाया प्रसाईको उपचारका क्रममा ज्यान गएपछि धरान रोडमा टायर बाली सडक अवरुद्ध गर्ने मृतकका आफन्तमाथि प्रहरीकोे लाठी चार्ज गरेको छ । टायर बाल्ने ५ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।