प्रहरीद्वारा एक थान कटुवा पेस्तोल बरामद्

0
Shares

लहान । सशस्त्र प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१७ पटेर्वाबाट आज विहान एक थान कटुवा पेस्तोल बरामद् गरेको छ । सशस्त्र प्रहरी क्यम्प माडरबाट गस्तीमा खटिएको टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेर पुनः भारततर्फ नै भाग्ने क्रममा कमला नदी किनारमा पेस्तोल फालेर सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

बरामद गरिएको पेस्तोल थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ ।

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–८ स्थित सडकमा ट्रकको ठक्करबाट आज बिहान पैदल यात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्व गइरहेको ना ४ ख ९८९७ नम्बरको ट्रक ठक्कर दिँदा पैदलयात्री सिरहाको नरहा गाउँपालिका–१ तिलासी निवासी ३५ वर्षिय विक्रम उराँउको घटनास्थलमै मृत्यु भएको हो ।

विपरीत दिशाबाट आएको टिपरले ठाउँ नदिँदा ट्रकले पैदलयात्री उराँउलाई ठक्कर दिएको र घटनास्थलमै उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नवीन घिमिरेले जानकारी दिनुभयो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रासस