ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


सप्तरी । अग्निसाइर कृष्णासवरण गाउँपालिका १ घोंघिदाहास्थित पूर्व पश्चिम सडकमा ट्रकसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

पश्चिमदिशाबाट पूर्वतर्फ जाँदै गरेको ना.१ ख ७९२८ नम्बरको मालबाहक ट्रकसँग विपरीत दिशातर्फ आउँदै गरेको बा ८४ प ९९७८ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठोक्किदाँ झापा बुधबारे गाउँपालिका १ बस्ने मोटरसाइकल चालक करिब २६ वर्षीय प्रतीक ढुंगेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।