भरतपुरमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते


चितवन  । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट बर्दियाको गुलरियातर्फ जाँदै गरेको ना ७ ख ९०७ नम्बरको बस र महोत्तरीबाट काठमाडौतर्फ आउंदै गरेको ना ५ ख ३०९९ नम्बरको बस आपसमा ठोक्किएका हुन् ।

घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।