नक्कली एटीएम कार्ड प्रयोग गरेर चोरी गर्ने प्रहरी फन्दामा

0
Shares

काठमाण्डौ । प्रहरीले नक्कली एटीएम कार्डको प्रयोग गरि चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले बारा पिपरपानी ७ घर भएर हाल काठमाण्डौ– ३१ शंखमुल बस्ने ३३ वर्षीय राजु कुमार पाण्डेलाई बिहीबार फक्राउ गरेको हो ।

पाण्डेसहितको टोलीले नक्कली एटीएम कार्ड मार्फत २० लाख रुपैयाँभन्दा बढी रकम चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राष्ट्रिय वाणिज्य बैंक काठमाण्डौ उपत्यकाको विभिन्न एटीएम बुथबाट नक्कली एटीएम कार्ड प्रयोग गर्दै तीन जना रोमानियाका नागरिकहरुसँग मिलेर पाण्डेले पैसा निकाल्ने गरेको पाइएको छ ।

घटनामा संलग्न भएका अरु तीन जना रोमानियाका नागरिकहरुले भने नेपाल छोडिसकेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।