जाजरकोटमा पनि मनाईयो पाँचौ अन्र्तराष्ट्रिय योग दिवस

0
Shares

बासुदेव शर्मा, जाजरकोट ।  जाजरकोटमा पाँचौ अन्र्तराष्ट्रिय योग दिवस योग फर हार्मोनी एण्ड पिस भन्ने मुल नाराका साथ जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा पाँचौ अन्तराटिय योग दिवस जिल्ला समारोह समितिको आयोजना तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको व्यवस्थापनमा विभिन्न योग अभ्यासहरु गर्दै योग दिवस मनाईएको हो ।

विहाना साढे छ वजे देखि संचालन भएको योग दिवसमा जाजरकोटका करिव ६५ जनाले भाग लिएका थिए । योग दिवसको अवसर पारेर सहभागीहरुलई सुक्ष्म व्यायम वभिन्न योगाशन, प्राणयम लगाएतका योग अभ्यासहरु गराईएको थियो ।

योग अभ्यासमा भाग लिएका प्रमुख जिल्ला अधिकारी ललित कुमार वस्नेतले दिनहु योग गर्नले शरिर तन्दुरुस्त हुने विभिन्न रोगहरुले आक्रमण नगर्ने शरिर फुर्तिलो भई रोग प्रतिरोधात्मक शक्ति प्राप्त हुने भएकोले दिनहु योग गर्न आवश्यक रहेको वताउनु भयो ।
योग दिवसमा मात्र योग गर्ने परिपाटीको विकास गर्नु भन्दा पनि विहाना उठे पछि सवैले सामान्य योगका अभ्यास गरी शरिरलाई फुर्तिलो वनाउन आग्रह गर्नु भयो । मानिस निरोगी वन्नलाई आफुसग भएको ज्ञान सिपको प्रयोग गरी स्वस्थकर जिवनशैली अवलम्वन, योग अभ्यास गरे दिर्ग रोगहरुबाट छुटकारा पाउने भएकाले योग अभ्यास गर्न जरुरी रहेको वताउनु भयो ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तिले मानिसले विहान उठ्ने वितिकै अरु केहि नजाने पनि आफनो शरिरलाई यता उता तन्काउने साधारण व्यायम गरे शरिर स्वस्थ हुने भएकोले योग गर्न अति आवश्यक रहेको वताउनु भयो ।
योग अभ्यास मानिस स्वस्थ र तन्दुरुस्त रहनका लागी अति आवश्यक भएकाले नगरपालिकाबाट योग हल र नियमित योग अभ्यासका लागी विशेष पहल गर्ने वताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, ज्वाला दल गणका प्रमुख, शसत्र प्रहरीका प्रमुख, कृषि ज्ञान केन्द्रका प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।

जिल्ला आयुर्वेद स्वाथ्य केन्द्रका निमित्त कार्यालय प्रमुख प्रभात सुवेदीले अन्र्तराष्ट्रिय योग दिवसको उदेश्य र योगको महत्वका वारेमा योगमा उपस्थित भएका सहभागीहरुलाई प्रष्ट पर्नु भएको थियो ।

त्यस्तै जिल्ला आयुर्वेद स्वास्थ केन्द्र जाजरकोटका बैद्य तथा योग प्रशिक्षक राम कुमारी खडकाले दिनहु योग अभ्यास गर्नले शारीरीक मानसिक र आध्यात्मिक रुपमा स्वास्थ रहनका लागी योग अभ्यास आवश्यक रहेको कुरा वताउदै दिनहु योग अभ्यास गर्दा नसर्ने रोग सुगर, रक्त चाप, वाथ लगाएतका दिर्ग रोगहरु निर्मुल हुने रोग प्रतिरोधात्मक क्षमताको बृद्धी विकाससगै मानिसको स्मरण शक्ति वढाउने हुदाँ योग गर्न अति आवश्यक भएकाले सवैलाई योग गर्न आग्रह गर्नु भयो ।