भक्तपुर जिल्ला अदालत परिसरमा मेलमिलाप कक्ष

0
Shares

भक्तपुर । जापान सरकारको सहयोगमा भक्तपुर जिल्ला अदालत परिसरमा मेलमिलाप कक्षको स्थापना गरिएको छ । शुक्रबार उक्त केन्द्रको नेपालकालागि जापानका राजदूत मासामिची सँगोले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै राजदूत सँगोेले नेपालका सबै समुदायमा न्यायको पहुँच पु¥याउन जापान सरकारले सहयोग जारी राख्ने बताउनुभयो ।

कार्यक्रममा सर्वोच्च अदालत न्यायधिस ईश्वर प्रसाद खतिवडाले समाजमा अपराधका बढ्दै गएकाले मेलमिलाप केन्द्रको आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बार एसोसिएसनका केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठ,जिल्ला न्यायधिस मातृका मरासिनी,कानुन आयोगका पुर्व अध्यक्ष बाबुराजा जोशी, बार एसोसिएसनका महासचिब लिलामणी पौडेल लगायतको सहभागिता रहेको थियो ।

भक्तपुरमा जापान सरकारको सहयोगमा २६ लाख रुपैयाँको लागतमा भवन सहितको मेलमिलाप कक्ष स्थापना भएको भक्तपुर बार एसोशियसनका सचिव किरण न्यौपानेले बताउनुभयो ।