सेतीमा बेपत्ता भएका युवा नेता पुष्करको शव २६ दिनमा भेटियो

0
Shares

विमल विष्ट, डोटी । गएको जेठ १३ गते सेती नदिमा नुहाउने क्रममा बगेर वेपत्ता भएका युवा संघ डोटीका नेता पुष्कर सिंहको शव २६ दिन पछि आज शुक्रबार बिहान फेला परेको छ ।

डोटीको आदर्श गाँउपालिका वडानं. ५ स्थायी घर भएका नेता सिंह आफनै गाँउलेको मलामी गएको समयमा सेती नदिमा नुहाउने क्रममा बगेर वेपत्ता भएका थिए । ४५ वर्षीय सिंह बेपत्ता भए पश्चात नेपाली सेना, शसस्त्र प्ररी,नेपाल प्रहरी, नेकपा डोटीका नेता कार्यकर्ता तथा स्थानियबासीहरु सिंहको खोजी कार्यमा लागेको भए पनि फेला पर्न सकेका थिएन् । बगेर बेपत्ता भएको २६ दिनपछि उहाँको सव आज फेला परेको हो ।

शुक्रबार विहानको समय शिखर नगरपालिकामा १ कालागाढ नजिक रहेको सालमुनि मन्दीर छेउमा सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा डिएसपी लालवहादुर धामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सालमुनी मन्दीर नजिक सव बगीरहेको अवस्थामा स्थानियले देखेपछि हामीलाई खबर गरे, हाम्रो टोली सव भएको ठाउमा पुगिसकेको छ,मृतक सिंहका घरपरिवार संङ्ग खबर गर्दैछौँ ।”

अहिले डोटी प्रहरी, नेकपाका नेता तथा स्थानियहरु शव फेला परेको स्थानमा पुगेको र उक्त क्षेत्रमा मानिसहरुको बाक्लो उपस्थिति रहेको बताईएको छ । परिवारीक सल्लाह पश्चात सिँहको अन्त्यष्टी गरिने विषयमा सल्लाह भई रहेको नेकपा डोटीका अध्यक्ष भक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

त्यस्तै नेता सिंह बेपत्ता हुनु भन्दा एकहप्ता अघि सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी शिखर नगरपालिा ४ बस्ने १६ वर्षीया धर्माकुमारी महराको भने अहिले सम्म सव फेला परेको छैन् । उनको सवको खोजी कार्यमा स्थानिय प्रहरी प्रशासन अहिले सम्म लागि परेपनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।