नगर प्रवक्ताको निधनपछि तीन दिन शोक मनाइने

0
Shares

विनोद सिंह विष्ट, बैतडी । पुर्चौडी नगरकार्यपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष गौतमप्रसाद भट्टको असमाहिक निधन भएपछी पुर्चौडी नगरपालिकाले ३ दिनसम्म शोक मनाउने निर्णय गरेको छ ।

नगरकार्यपालिकाको आज बसेको आकस्मिक बैठकले असार ५, ६ र ७ गते कुनै पनि औपचारिक कार्यक्रम नगर्ने, असार ६ गते नगरकार्यपालिकाको तर्फवाट श्रद्धाञ्जली अर्पण गर्न शवयात्रामा सहभागी हुने निर्णय गरेको छ ।

यस्तै असार ५ र ६ गते नगरकार्यपालिका कार्यालय तथा वडा कार्यालयमा शोक बिदा दिने निर्णय गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख रण बहादुर कुँवरले जानकारी दिनुभयो ।

यसका साथै असार ६ गते नगरपालिका अन्र्तगतका सरकारी,गैर सरकारी कार्यालय, संघसंस्था र विद्यालयहरुमा शोक बिदा गर्ने र नगरकार्यपालिकाको अगामी अगामी बैठकमा शोक प्रस्ताव पेस गरी शोकाकुल परिवारलाई उचित सहायता प्रदान गर्ने निर्णय समेत गरिएको उहाँले बताउनुभयो ।

प्रवक्ता भट्टको गत बुधवार वडा कार्यालय बाट घर जादै गर्दा गत बुधवार वडा नम्बर ४ को चक्कीबगड भन्ने स्थानमा बा २ ब २५२ नम्बरको मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका भट्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान ३ बजे मृत्यु भएको हो ।

मृतक भट्ट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बैतडी जिल्ला कमिटि सदस्य समेत रहनुभएको थियो ।