भारतीय मालबाहक गाडिबाट ट्राफिकले पैसा खाएको गुनासो आएपछि चेकजाँच गर्न बन्दः गृह मन्त्रालय


नेपाल समाचारपत्र, काठमाडौँ ।
भारतीय मालबाहक गाडि चेकजाँच नगर्न गृह मन्त्रालयको निर्देशन भन्दै केही सञ्चार माध्यमले समाचार छापेपछि मन्त्रालयले त्यस विषयमा न्यानाकर्षण गराएको छ । मन्त्रालयले ती मालबाहक गाडिलाई चेकजाँच गर्दा ती ओभरलोडेड हुने भएकाले ट्राफिकले तौल मापन गर्न नसक्ने हुँदा चेक गरेको कुनै फाईदा नहुने कुरा स्पष्ट पारेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै तौल हेर्ने जिम्मा यातायात र सडक विभागको रहेको बताएको छ । विज्ञप्तिमा लखेको छ, ‘‘सिमाबाट आउने सम्पूर्ण सामान चेकजाँच गर्ने जिम्मा भन्सार कार्यालयको हो । आवश्यकता अनुसार क्वारेन्टाइनले उसैले चेकजाँच गर्छ ।’’

ती निकायसँगको समन्वयमा प्रहरीले भन्सारमा काम गर्ने जनाएको छ । ती गाडीबाट केही स्थानमा ट्राफिकले रकम उठाएको भन्दै उद्योगीले गुनासो गरेपछि त्यसलाई सम्बोधन गर्न गृहले यो परिपत्र जारी गरेको जनाएको छ । ती सवारी साधनमा तस्करी वा अवैध सामान बोकेको शंका लागेमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले जुनसुकै स्थानमा चेकजाँच गर्न पाउने र परिपत्रमा चेकजाँच गर्न नपाईने भनि कँहिकतै उल्लेख नगरिएको जनाईएको छ ।