बारामा बस दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते


बारा ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका चुरियामाई मन्दिर नजिक त्रिभुवनराज पथमा यात्रुबाहक बस दुर्घटना हुदा १ सोमबार बिहान एक महिलाको ज्यान जानुका साथै १४ जना गम्भिर घाईते भएका छन् ।

नारायणगढबाट विरगञ्ज तर्फ आउदै गरेको ना ५ ख ४०१५ नं को यात्रु बस बिहान करिब ९ बजेतिर चुरियामाई मन्दिर नजिकको ओरालो सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो । बस सडकबाट करिब ४० फिट तल खोल्सामा खसेको छ ।

मृतक अन्दाजी २४÷२५ बर्षिय महिलाको सनाखत हुन नसकेको र गम्भिर घाईते १४ जनाको हाल चुरे हिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो । बसमा ३१ जना सवार थिए । बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।