बझाङ जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या नौ पुग्यो


नेपाल समाचारपत्र, बझाङ ।
बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप दुर्घटना भएको छ । दुर्घटनामा परि अहिलेसम्ममा नौ जनाको ज्यान गएको छ भने अन्य केही गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन् । दुर्घटनामा एक बालक, दुई महिला र तीन जना पुरुषको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । जीप दुर्घटनाको कारण भने थाहा नभैसकेको प्रहरीले बताएको छ ।

दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको अवस्थामा छ र घटनाको विवरण आउन बाँकी छ । प्रहरीका अनुसार उद्धार कार्य जारी छ ।