पेट्रोल, डिजेल र मटितेलको मूल्य घट्यो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य घटाएको छ । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको हो । जसअनुसार काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । उहाँका अनुसार डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ ।