विमल विष्ट, डोटी ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत पृतनापति ट्रफी खेलकूद प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ । श्री नं २५ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी शरद ढलकाले कैलालीको अत्तरियास्थित तेघरी ब्यारेकमा आयोना गरिएको सो प्रतियोगिता शुभारम्भ गर्नुभयो ।
सहायकरथी ढकालले ‘खेलौँ र स्वस्थ रहौँ’ भन्ने मनसायसहित अनुशासनमा बसेरस्तरीय खेल प्रदर्शन गर्न खेलाडीहरुलाई निर्देशन दिनुभयो ।प्रतियोगिताअन्तर्गत फुटबल, भलिबल, पौडी, बास्केटबललगायत सात वटा खेलमा यहाँका नौ वटै जिल्लाका गण तथा गुल्मका गरी ३ सय ४६ महिला तथा पुरुष खेलाडी सहभागी रहने नेपाली सेनाले जनाएको छ ।
सात खेलमध्ये बक्सिङ, बास्केटबल, भलिबल र पौडी श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकले सञ्चालन गर्ने भएको सुदूरपश्चिम पृतना दिपायल राजपुर व्यारेकले जनाएको छ ।
प्रतिक्रिया