दाङमा ट्याक्सी दुर्घटना, ११ जना घाइते


दाङ ।
दाङमा ट्याक्सी दुर्घटनामा परेकाे छ । दुर्घटनामा ११ जना यात्रु घाइते भएकाे प्रहरीले जनाएकाे छ । शुक्रवार दिउँसो दाङको शान्तिनगर ४ गब्दुवामा तुलसीपुरबाट खिलतपुर जादै गरेको लु १ ज ११९१ नम्बरको यात्रुबहाक ट्याक्सी दुर्घटनामा परेको हो ।

दुर्घटनामा २ जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि जिल्ला बाहिर पठाईएको प्रहरी जनाएको छ । अन्य ९ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

गम्भीर घाईते मध्ये वर्ष ३९ कि खिमा ओलीकाे हात, खुट्टामा र टाउकोमा चोट् लागेको र वर्ष ५० कि छबी डाङ्गीको टाउकोमा चोट लागेकोले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि थप उपचारका लागि नेपालगंज रेफर गरिएको प्रहरीले बताएको छ ।

चिराघाट प्रहरी चौकीका अनुसार घाईते हुनेमा शान्तिनगर एक निवासी पुर्णकली राना, अनिता राना, संजय नेपाली,मन्तरी सोमै,भिमा घर्ती, टिका दर्लामी, डम्बर पुन, देबिका ओलि र आयुशा दर्लामी बसन्ता रहेका छन । दुर्घटना के कारणले भयो भन्ने अनुसन्धान भैईरहेको प्रहरीको भनाई छ ।