जनयुद्ध संग्रहालयका लागि मेयरले दिए ८ करोड बराबरको जग्गा


सरोज यादव, विराटनगर ।
मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक सामाजिक संस्थालाई ८ विघाहा जग्गा दिने घोषणा गर्नुभएको छ । जनयुद्ध प्रतिष्ठान नेपाललाई उनले बेलबारी बजार नजिकै रहेको उक्त जग्गा घोषणा गर्नुभएको हो । जनयुद्ध समृति प्रतिष्ठान नेपालले बेलबारीले जग्गा उपलब्ध गराए विभिन्न काल खन्डमा भएका जनयुद्धलाई समेटेर सग्राहालय, शैक्षिक गतविधि,स्वास्थ्य समबन्धि गतिविधि, पार्क तथा अन्य रोजगार मुलक कार्यक्रम गर्ने भनि पत्र पठाएपछि मेयर सुवेदीले आफनै जग्गा दिने घोषणा गर्नुभएको हो ।

बेलवारी नगरकार्यपालिकाको जेष्ठ ३० गतेको वैठकमा उनले जग्गा दिने घोषणानै गर्नुभएको छ । कार्यापालिकोको वैठकले मेयर सुवेदीले गरेको काम प्रशंसयोग्य भन्दै निर्णयनै गरिएको नगरपालिका प्रबत्ता योगेन्द्र सुवेदिले बताउनुभयो । उक्त जग्गाको मूल्य हाल ८ करोड पर्ने बताइएको छ । हामी समृद्ध बेलबारीको योजना अगाडि बढीरहका छौ मेयर सुवेदीले भन्नुभयो त्यसका लागि जग्गा दिएको हुँ ।

आफनो गाँउ बनाउनका लागि जग्गा दिएको उहाँले बताउनुभयो । सम्बृद्धको सपना देख्नेले अरु वाट भन्दा पनि आफु वाट त्यो यात्रा थाल्नु पर्छ मेयर सुवेदीले भने विकासका लागि जहिल्यैपनि लागि पर्ने उहाँले बताउनुभयो । यता जग्गा दिने निर्णयको स्वागत गर्दे प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले इतिहासको सम्मान र समृद्धिको सपना देख्न सक्ने बेलबारीका मेयर ज्ञानेन्द्र सुबेदीलाई हृदयदेखि नै सलाम र सम्मान व्यक्त गरेका छन ।

बेलबारीमा सरकारी तथा अन्य कार्यालय ल्याउँदा ठूलो सघर्ष गरेको सम्झदै उहाँले भन्नुभयो अहिले त्यस्तो छैन । मालपोत, नापि, तथा खानेपानिको कार्यालय समेत उनकै पहलमा बेलबारीमा ल्याइएको स्थानियको भनाइ रहेको छ । उक्त जग्गा प्राप्त भएपछि यस आर्थिक बर्षमै डिपिआर तयार गरि केहि कामको थालनी गर्ने जनयुद्ध प्रतिष्ठान नेपालका अध्यक्ष सावित्रिकुमार काफलेले बताउनुभयो ।

सघिय,प्रदेश तथा स्थानिय सरकारसंग छलफल भइरहेको छ अध्यक्ष काफलेले भन्नुभयो बेलबारीको स्थानिय सरकारको प्रमुखलेनै जग्गानै दिनुभयो । उहाँले बजारको नजिकै उक्त जग्गा प्राप्त भएकोले गरिवि निवारणका कार्यक्रम गर्न समेत सकिने बताउनुभयो । उहाँले यस अघि बेलबारी नगरपालिकाको भवन बनाउन ८ बिघाहा जग्गा दिने घोषणा गर्नुभएको थियो ।

राजनितिक सहमति नजुटेपछि भवन अन्यत्र बनेको हो । सुवेदी बेलबारीको मेयर हुनु भन्दा अगाडि देखीनै बेलबारीको फोहोर फाल्ने डम्पिङ साइट समेत उनकै जग्गामा रहेको छ । सुवेदी तत्कालिन जिल्ला विकास समितिमा दुई कार्यकाल सदस्य हुदै २०७४ सालको स्थानिय तहको चुनावमा मेयर हुनु भएको हो ।