प्रहरीको सफलता, ट्रकबाटै ५४ किलो गाँजा बरामद


हेटौंडा ।
मकवानपुर प्रहरीले शुक्रबार बिहान करिब पौने ५ बजे एक ट्रकबाट गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी निरीक्षक अरुणकुमार कुसवाहासहितको टोलीले हेटौंडा– १५ स्थित पूर्वपश्चिम लोकमार्गमा चेक गर्ने क्रममा गाँजा बरामद गरेको हो ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना. ३ ख ५३४० नम्बर ट्रक चेक गर्दा गाँजा फेला परेपछि ट्रकचालक बाराको सिमरा उमनपा–२ बस्ने वर्ष २८ का रोहित श्रेष्ठ र भारत रक्सौल बस्ने वर्ष ४४ का सञ्जय महतोलाई पक्राउ गरिएको हो ।

ट्रकको अगाडिपट्टिको सिलिङमा फल्स बटम बनाएर दुई वटा बोराभित्र २७ वटा प्लास्टिकले बेरिएको पोकामा लुकाइ ल्याइएको ५४ किलो गाँजा फेला परेको हुँदा गाँजा, अभियुक्त र ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।