कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी ३० वर्षपछि पक्राउ


बारा ।
प्र्र्रहरीले कतव्र्य ज्यान मुद्दामा अदालतबाट जन्मकैद सजाय फैसला भएका बाराको महागढीमाई नगरपालिका वडा नं.११ मधुरी टोल बस्ने बिरबहादुर चौधरीलाई ३० वर्षपछि पक्र्राउ गरी कैद भुक्तानीको लागि कारागार पठाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छिमेकीको घरमा लुकीछिपी बस्दै आएको अवस्थामा चौधरीलाई मंगलबार पक्राउ गरेको हो । साविक मधुरीजब्दी गाविस वडा नं.३ बस्ने सुकदेव साह सोनारलाई चौधरी सहितले राति घरबाट बोलाएर ०३९ साल जेष्ठ ८ गते घाटी रेटी हत्यापछि गाउ नजिककैको डेरा नदीमा शव फयालेको र सोही मुद्दामा तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालत हेटौंडाले ०४३ फागुन १९ र सर्वोच्च अदालत काठमाण्डौको ०४५ असोज १७ गतेको फैसलाले चौधरीलाई जन्म कैद (२० वर्ष ) हुने ठहरी फैसला गरेको थियो ।

सोही मुद्दामा अदालतबाट सर्वश्व सहित जन्मकैद फैसला गरिएका अर्का प्रतिवादी पलट साह सोनार ०७५ भदै ५ गते पक्राउ परी हाल कारागार कार्यालय बिरगंजमा कैद भुक्तानमा छन । प्रहरीले जिल्ला अदालत बारामा पेश गरेपछि अदालतको आदेशमा कैद भुक्तानको लागी चौधरीलाइ्र्र कारागार कार्यालय बिरगंज पठाईएको प्रहरी नायव उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए ।