सिलिण्डर ग्याँस विष्फोटः दुईको मृत्यु (अपडेट)


बारा ।
घरमा आएका छिमेकी र पाहुँनालाइ्र्र चिया बनाएर दिने क्र्र्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित स्याउली बजारमा गत साता भएको ग्याँस सिलिण्डर विष्फोटनमा घाइते मध्ये सुकमाया ब्लोनको पनि मृत्यु भएको छ । गर्भवति ब्लोनको उपचारको क्र्रममा काठमाण्डौंस्थित किर्तिपुर अस्पतालमा बिहिबार मृत्यु भएको हो ।

यसअघि घाइते ज्ञानुमाया मोक्तानको बुधबार राति उपचारको क्र्रममा मृत्यु भएको थियो । घटनामा गंभिर घाइते अन्य ५ छन उपचारमा छन । आर्थिक अभावमा घाइतेले उपचारमा समस्या बेहोरिरहेको र जितपुरसिमरा उपमहानगरपालिकाको पहलमा आर्थिक संकलन थालिएको नगर प्रमुख कृष्ण पौडेलले बताए ।

स्थानीय नजरमानको घरमा आएका छिमेकी र पाहुनालाइ्र्र चिया पकाउने क्रममा सल्किएको आगोबाट नया ग्यास सिलिण्डर विष्फोट हुदा गत शुक्रबार ७ स्थानीय घाइते भएका थिए । महिला समुहको छलफलका लागि घरमा आएका छिमेकीलाई चिया बनाएर दिने क्र्रममा लिक भएको ग्यासमा आगो लागेर सिलिण्डर पड्किएको थियो । मृतक ज्ञानीमायाले रेगुलेटर जोडन नसकेपछि बाल्ने क्रममा भेला भएका सबै भान्सामा पुगेको विष्फोटमा परेका थिए । पहिले नै ग्यास लिक भएको र रेगुलेटर जोडेर आगो बाल्ने बित्तिकै आगलागी भएर सिलिण्डर बिष्पोट भएको इलाका प्रहरी कार्यालयका नायब निरीक्षक कमलबहादुर शाहीले बताए ।