जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु


सिन्धुली ।
जंगली हात्तीको आक्रमणबाट बिहीवार सिन्धुलीमा एक महिलाको मृत्यु भएको छ । जंगली हात्तिको आक्रमणबाट कमलामाई नगरपालीका ८ पाथीपरानका अन्दाजि ४५ बर्षिया सितामाया रानामगरको मृत्यु भएको हो ।

बिहीवार दिउसो सिन्धुलीमाढी बजारबाट घरायसी सामान किनमेल गरी घर फर्कदै गर्दा बाटोमै आक्रमण गर्दा मृत्यु भएको कमलामाई नगरपालिका वडा नं. ८ का वडाध्याक्ष टिका मोक्तानले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्र बहादुर सिंहका अनुसार अहिले प्रहरी घटनास्थल तर्फ जादैछन् । त्यस क्षेत्रमा विगत दुई बर्षभन्दा बढी समयदेखि जंगली हात्तिले गाँउ नछाड्दा पाथिपरान, तिनतले सिन्धुलीको कमलाखोज क्षेत्रको रानीबास र निपानेका बासिन्दा त्रसित बन्दै आएका छन् । यस अघि जंगली हात्तीले अन्नपात तथा घरमा क्षति गर्दै आएको थियो ।