शाक्यलाई साइप्रसको समेत जिम्मेवारी


काठमाडौँ ।
इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य साइप्रसका लागि समेत नेपाली दूत नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शाक्यलाई साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो ।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शाक्यलाई सो मुलुक समेत नियाल्ने गरी राजदूत नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्धारा विज्ञप्तिमा उल्लेख छ ।