सशस्त्र प्रहरी जवान भेषेन्द्र केसीविरुद्ध मुद्दा दायर

94
Shares

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल नं। ४१ गुल्म, रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र के।सी। विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले केसीलाई दश हजार घूस लिईसकेको अवस्थामा पक्राउ गरि मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

केसीले सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने भन्दै घूस रकम माग गरेका थिए । उनलाई दश हजार जरिवानासहित कानून अनुसारको कारवाहीको माग गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले बताउनुभयो ।