प्रचारप्रसार अभावमा गुल्मीको पर्यटकीय गन्तव्य ओझेलमा


अनिल खत्री, गुल्मी ।
संरक्षण र प्रचार प्रसारको अभावमा गुल्मीको एक पर्यटकिय स्थल ओझेलमा परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ भँगारी भवने डाँडा (दारेढुङ्गा) पकिनिक स्थल एबं पर्यटकिय क्षेत्र ओझेलमा परेको हो ।

निर्माण भएको झण्डै ८ वर्ष बितिसक्दा पनि प्रचुर मात्रामा प्रचार–प्रसार नहुँदा पर्यटकिय गनतव्य क्षेत्र ओझेलमा परेको छ । ०६८ सालमा पर्यटन मन्त्रालयबाट रु १५ लाख रकम मार्फत निर्माण गरिएका बिभिन्न संरचनाहरुले त्यहाँ पुग्ने जो कोहिलाई आनन्दीत बनाउँदछ ।
तत्कालिन समयमा निकै मनमोह दृश्य सहित निर्माण गरिएको पर्यटकिय स्थलका दृश्यहरु पछिल्लो समयमा केहि मर्मत गरिएर पुनः पहिले जस्तै बनाउने प्रयास गरिएको छ ।

भँगारी भवने डाँडा (दारेढुङ्गा) पकिनिक स्थल सम्म पुग्नको लागि ०६९ सालमा मोटर बाटो समेत लगिएको थियो । तत्कालिन निर्माण समितिका अध्यक्ष रामबहादुर थापाले उक्त स्थलको निर्माण गर्नु भएको थियो ।

निर्माण कार्य सम्पन्न पश्चात उक्त स्थलको कसैले पनि संरक्षण एबं प्रचार प्रसारमा अगाडी ल्याउन नसक्दा ओझेलमा पर्नुका साथै केहि वर्ष प्रयोग बिहिन जस्तै बनेको थियो । जिल्लाको सदरमुकाम तम्घासबाट पूर्व तर्फ झण्डै १० किलो मिटर पक्की सडक र केहि कच्ची सडक मार्फत पर्यटकिय स्थल सम्म पुग्न सकिन्छ ।

पछिल्लो समय यता उक्त स्थल हुँदै रेसुङ्गा सम्म पुग्नको लागि सडक मार्गलाई थप स्तर उन्नतीको काम गरिएपनि अन्य मर्मत तथा संरक्षणको लागि भने कुनै चासो देखाएको देखिदैन ।

भँगारी भवने डाँडा (दारेढुङ्गा) पकिनिक पर्यटकिय स्थलमा बस्नको निम्ती बिभिन्न प्रकारका बिश्राम स्थल सहितका छाताहरु, बनभोज जानेहरुको लागि पकाउने स्थलहरुसँगै अरु धेरै मनमोहक दृश्य सहितका स्थलहरु रहेका छन् । पर्यटकिय स्थलबाट जिल्लाका बिभिन्न स्थानहरुसँगै छिमेकी जिल्ला अर्घाखाँची,पाल्पा लगायत बिभिन्न स्थानहरु समेत देख्न सकिन्छ ।

भँगारी भवने डाँडा (दारेढुङ्गा) पकिनिक स्पोटको लागि नगरबाट केहि आर्थिक रकम छुट्टाएर अन्तरिक तथा बाह्य पर्यटक भित्राउने किसिमको होटलसहित व्यवस्थापन गर्ने सोच रहेको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष खुमबहादुर खत्रीले बताउनु भयो । पछल्लिो समयमा नगरप्रमुखले चासो देखाएकाले यसक्षेत्रको बिकासको लागि लागि पर्ने वडाअध्यक्ष खत्रीले बताउनु भयो ।

यसको संरक्षण र प्रचार प्रसार गर्न सके गुल्मीकै गौरव राख्ने पर्यटकिय क्षेत्र बन्ने वडा अध्यक्ष खत्रीले बताउनु भयो । हाल शनिवार र बिदाको समय पारेर केहि छिटफुट रुपमा उक्त स्थान पुग्ने गरेपनि धेरैलाई त्यस स्थलको बारेमा समेत जानकारी नभएको त्यहाँ पुगेका इस्मा गाउँपालिका गुल्मीका नबिन अर्यालले बताउनु भयो । उहाँले कतै सुनेर आफु पनि आएको र यहाँ आउदा मर्मत गरेर नगरले पनि ध्यान दिएको पाएको बताउनु भयो ।

यसक्षेत्रलाई अगाडी ल्याउन सके नगरलाई पर्यटक तान्नको निम्ति निकै फाइदा हुँने बताए । भँगारी भवने डाँडा (दारेढुङ्गा) पकिनिक स्र्पोटको अबलोक गर्न पुगेका रेसुङ्गा नगरपालिका भाँडगाउँका सुरज कुँवरले यसक्षेत्र निकै मनमोहक रहेकाले प्रचारप्रसार र सुबिधासम्पन्न बनाउनु पर्नेमा जोड दिनु भयो ।

उहाँले यहाँको बारेमा धेरैलाई जानकारी समेत नभएकाले प्रचारप्रसारमा ध्यान दिन आग्रह गर्नुभयो । जिल्लाको गौरवका रुपमा रहेको रेसुङ्गा क्षेत्रको काखमा पर्ने उक्त पर्यटकिय स्थलले संरक्षण र रेखदेखको अभाव खडकिएको कुँवरको भनाई छ ।

हाल केहि छिटफुट रुपमा उक्त स्थान पुग्ने गरेपनि धेरैलाई त्यस स्थलको बारेमा जानकारी नभएको त्यहाँ पुग्नेहरु बताउछन् । जिल्लाको गौरवका रुपमा रहेको रेसुङ्गा क्षेत्रको काखमा पर्ने उक्त पर्यटकिय स्थलले संरक्षण र रेखदेखको अभाव खडकिएको त्यहाँ पुग्ने आन्तरिका पर्यटकहरुले तथा स्थानिय बासीको जोड दिएका छन् ।