सल्यानका स्थानीय तहहरुमा साबुन उत्पादन


सरिता चलाउने, सल्यान ।
सल्यानका बिभिन्न स्थानमा साबुन उत्पादन गर्न थालिएको छ । लक्षित बर्गहरुको जिवनस्तरमा सुधार गर्ने उदेश्यले जिल्लाका स्थानीयतहरुमा साबुन उन्पादन गर्न थालिएको हो ।

तालीम नै संचालन गरी शारदा नगरपालीका, छत्रेश्वरी गाउँपालीका, शिद्धकुमाख गाउँपालीका लगायत अन्य स्थानीय तहहरुमा साबुन उत्पादन गर्न थालिएको छ ।

जिल्लाको दमाचौरमा सावुन बनाउने उद्योग खोलिएको छ । बिशेष गरी पछाडि पारिएका, दलित, अपाङ्गता भएका व्यक्तिहरुको जिवनस्तरमा सुधार गर्न र स्थानीय तहमै साबुनको बजारीकरण गर्नको लागी साबुन उत्पादन गर्न थालिएको हो ।

सिद्ध कुमाख गाउँपालिकामा गाउँपालिका भित्रका अपाङ्ग भएका व्यक्तिहरूको सहभागितामा ७ दिने सावुन बनाउने तालिम प्रदान गरिएको गाउँपालीकाले जनाएको छ । अपाङ्गता भएका व्यक्तिहरूमा आमुल परिबर्तन गर्ने उनिहरुको सिपको क्षमता बृद्धि गर्न उदेश्यले तालीम सचालन गरी साबुन उत्पादन गरिएको गाउँपालीका अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनु भयो ।

गाउँपालिका भित्रका १८ जना अपाङ्गता भएका व्यक्तिहरूले ७ दिन सम्मको तालिममा झण्डै एक हजार वटा सावुन तयार पारेको उहाँले बताउनु भयो । तालीम बाट सिप सिकेर व्यवसायिक रूपमा उद्योग सञ्चालन गर्न चाहने सहभागिहरूलाइ गाउँपालिकाले कच्चा पदार्थ किन्न अनुदान दिने बताउनु भयो ।

हरेक दिन हरेकको घरमा सावुन खपत हुने हुदाँ बजारीकरणको कुनै समस्या नहुने उहाँले बताउनु भयो । गाउँपालिकाले विभिन्न क्षमता भएका व्यक्तिहरूको लागि मागमा आधारित सिप तथा तालिमहरू आयोजना गर्ने गरिएको उपाध्यक्ष पुष्पा कुमारी बोहराले बताउनु भयो । बजारमा पाइने सावुन र स्थानीय स्तरमा बनाएको सावुनमा कुनै फरक नभएको उहाँले बताउनु भयो ।

यहाँ साबुन उत्पादन गर्दा रोजगारी सृजना हुने प्रमुख प्रशासकीय अधिकृत हरिजंग चन्दले बताउनु भयो । किनेर प्रयोग गर्नु भन्दा आफै बनाएर प्रयोग गरेर समृद्ध समाजको उदाहरण भएको तालिममा सहभागिहरुले बताएका छन । तालिममा सहभागिहरुले आफ्नो क्षमता पहिचान गरि गाउँपालिकाले सावुन बनाउने तालिम आयोजना गरिदिएकोमा खुशि व्यक्त गरेका छन । अपाङ्गता भएका सहभागिहरुले कच्चा पदार्थ ल्याउने बातावरण मिलाइदिएमा सावुन वनाउने उद्योग खोल्ने समेत बताएका छन ।

यस्तै शारदा नगरपालीकाको १४ र १५ मा बिशेष गरी दलित र अपागंलाई आर्थिक रुपमा आत्मर्निभर बनाउने र नगरपालीका भित्र साबुन खपद गर्ने उदेश्यले साबुन बनाउने तालीम संचालन गरी साबुन उत्पादन गर्न लागिएको नगरप्रमखु शुरेस अधिकारीले बताउनु भयो ।
तालीम बाट नगरपालीका भित्रै साबुन उत्पादन गरी दलित र अपागंहरुलाई आर्थिक रुपमा सुधार र उनिहरुको जिवनयापनमा सहज बनाउने उहाँले बताउनु भयो ।