नारा भट्याउदै शिक्षकले गरे अनेरास्वयूका केन्द्रिय संयोजकलाई विद्यालयमा स्वागत


ललित सिह, बझाङ ।
नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेको छ । विद्यालयमा प्रतक्ष राजनिती कार्यक्रम लगायत अन्य कार्यक्रमहरु विद्यालयमा गर्न उपयुक्त मानिदैन् । बिद्यालय जस्तो पबित्र संस्थामा के कस्ता कार्यक्रम गर्न दिने वा नदिने , कस्ता कार्यक्रममा शिक्षक विद्यार्थी संलग्न हुने वा नहुने विद्यालय प्रशासनले जान्नु पर्ने कुरा हो । तर सोमबार बझाङको केदार माबि बित्थडमा यस्तै एउटा विद्यालय परिवारले विद्यालयमै नेताहरुलाई नाराबाजी गरेर स्वागत गरेपछि यो कार्यले विद्यालयको शान्ति क्षेत्रको अवज्ञा गरेको देखिन्छ ।

नेपाल कम्युनिष्ट पाटीका नेताहरु बझाङ जिल्ला आउदा केदार माबि वित्थडले विद्यालयमा नेताहरु बोलाएर शिक्षकले स्वागतका नाराहरु भट्डाउदै विद्यार्थीहरुलाई विद्यालय समयमै लाईनबद्ध बनाएर स्वागत गर्दा यो घटनाको यहाँ आलोचनात्मक चर्चा भएको छ । नेकपाका नेताहरु पार्टी समायोजन पछि बनेको जिल्ला कार्य समितीको सफत ग्रहणमा सहभागी हुन जिल्लामा आएका थिए ।

जिल्लाको प्रबेशद्धार मानिएको केदार मावि वित्थडको विद्यालयले शिक्षक प्रति जिल्ला भित्री रहेका नेताहरु संबिधान सभा सदस्य अफिलाल ओखेडा , अनेरास्ववियूका केन्द्रिय संयोजक ऐन महर , लगायतका नेता कार्यकर्ताहरुलाई शिक्षकहरुले विद्यालयमा बोलाएर नाराबाजी गर्दै स्वागत गरेका थिए ।

अनेरास्वबियूका झण्डाहरुले झकिझकाउ पारेको विद्यालय प्रागंढमा बालबालिकाहरुले नारा धन्काई रहेको थिए र शिक्षक भट्याईरहेको भिडियो समाजिक सञ्जालमा छाएँको छ ।
विद्यालयको गेट देखि ४/५ सय जना विद्यार्थीहरुले फुलमाला लगाउदै , शिर झुकाएर नेताहरुलाई स्वागत गरेको देख्दा पहिलेका राजा माहाराजाहरुलाई नागरिकहरुले अभिनन्दन गरे जस्तो देखिन्थ्यो ।

विद्यालयका शिक्षक मुरलीधर अबस्थीले अतिथीलाई स्वागत छ भनेर माईकमा नारा भट्याउदै गर्दा एक जना बिद्यार्थीले (साउन्ड बक्स) डिजे बोकिरहेका थिए । नेताहरुलाई स्वागत छ भनेको आवाज त्यो क्षेत्र भरि गुन्जायमान भई रहेको थियो । “विद्यालय परिसर भित्र नेताहरुलाई बोलाएर यसरी शिक्षकले नारा भट्याउदै विद्यार्थीहरु लाईनबद्ध भएर नेताहरुलाई स्वागत गरेको देख्दा लोकतन्त्रमा पनि राजाको जस्तै नेताको चाकडी गरे जस्तो लाग्यो ।

यस क्षेत्रका स्थानीय सविन बोहोराले भने शिक्षकहरु नेताको दास बनेर विद्यालय जस्तो पवित्र संस्थामा अबाेध बालबालिकाहरुलाई यसरी प्रयोग गरेर गर्नु हुदैन् थियो” । उनले भने कुनै दलको नेता कार्यक्रर्ता यसरी आउदा विद्यालयमा स्वागत गरि नाराबाजी गर्नु पर्ने जरुरी थिएन् यसले बालबालिको बाल अधिकार हनन् समेत भएको छ । बोहरा जस्तै धेरै स्थानीयले यस कार्यले विद्यालयमा राजनिती अखडाका रुपमा बिकास भई विद्यर्थाीहरुको भविस्य नै अन्यौलमा पर्ने चिन्ता व्यक्त गरेका छन् । भिडियो सामाजिक सञ्जाल फेसबुकमा यस कार्यको आलोचना भएको छ ।

नेताहरुलाई स्वागत गर्ने अन्य तरिकाहरु पनि हुन सक्छन् तर विद्यार्थीलाई नै प्रयोग गरेकाले यसकार्यको बिरोध भएको छ । सस्कार बिगारेको कक्षा ६ मा पढ्ने एक विद्यार्थीले नाम नखुलाउने सर्तमा भने हामीलाई सरले नेताहरु आउदैँछन् नारा लगाउनु पर्ने हुन्छ भनेर दवाप दिए तर आफुहरुलाई कुन पार्टीको को नेता के गर्न आउदैछन् भन्नेबारे अनबिज्ञ समेत भएको थियौ पछि आउदा त पाटीका सबै नेताले भाषण गरि सकेपछि मात्र थाहाँ पाँए ।

नेताहरु आएपछि दुई घण्टा स्वागत तथा मन्तब्य कार्यक्रम गरेका थिए । कक्षा सन्चालन भई रहेका बेला आफु अनुकूल नेताहरु आउदा आम विद्यार्थीलाई यसरी लाईनबद्ध बनाएर नेता लाई ढोग्ने परिस्थितीले बाल अधिकार हनन हुनुका साथै बालबालिकाको मानोबिज्ञानमा समेत असर परेको अभिभावकको भनाई छ ।

विद्यालयका शिक्षक विष्णु सिंह बोहराले भने हामीले सामान्य हिसाबले सोचेर कार्यक्रम गरेका हौँ । तर यसको सामाजिक सन्जालमा यसरी टिका टिप्पणी होला भनेर सोचेका थिएनौँ । विद्यालयमा भएकाे स्वागत कार्यक्रमको भिडियोसहित सामाजिक सन्जालमा राखेको भएपछि यस कार्यको थुप्रै मान्छेले निन्दा गरेका छन् ।